ब्रह्मज्ञान माला,श्री आदि शंकराचार्य द्वारा रचित //Brahmagyanmala Adi Shankaracharya//

श्री आदि शंकराचार्य विरचितः ब्रह्मज्ञानावलीमाला

अनुवादः रमेश अधिकारी

         

असङगोऽहम् असङगोऽहम् असङगोऽहम् पुनः पुनः । सच्चिदानन्द रुपोऽहम् अहमेवाहम् अव्ययः ॥ १ ॥ असङगो = बिना बाँधिएकाे, ऽहम्=म, असङगोऽहम् पुनः पुनः = कुनै पनि प्रकारको बन्धनबाट मुक्त छु। सच्चिदानन्द = सत्,चित् र अानन्द रूपाे =रूप भएकाे अहम्= म अव्ययः = अविनाशी बिना बाँधिएकाे म हुँ, बिना बाँधिएको म हुँ, कुनै पनि प्रकारको बन्धनबाट मुक्त छु। म सत्य-चेतना-आनंद स्वरूप हुँ। म नै त्याे आत्मा, अविनाशी र कहिल्यै परिवर्तन नहुने हुँ। नित्यशुद्धविमुक्तोऽहं निराकारोऽम् अव्ययः । भूमानन्दस्वरूपोऽहम् अहमेवाहम् अव्ययः ॥ २ ॥ नित्य =सधैं रहने शुद्ध= शुद्ध विमुक्तो= सबैबाट मुक्त ऽहं म निराकारो= कुनै अाकार नभएकाे अव्यय= व्यय अर्थात् नाश नहुने भूमानन्दस्वरूपो =असीम आनंदको प्रकृति भएकाे अहमेवाहम् अव्यय= म अाफैं आत्मा, अविनाशी र कहिल्यै परिवर्तन नभएको हुँ। म अनन्त छु, म शुद्ध छु (मायाकाे नियन्त्रणबाट स्वतन्त्र)। म सँधै स्वतन्त्र छु। म निराकार, अविनाशी र परिवर्तनहीन हुँ। म असीम आनंदको प्रकृति हुँ। म नै त्याे आत्मा, अविनाशी र कहिल्यै परिवर्तन नहुने हुँ। ... नित्योऽहं निरवद्योऽहं निराकारोऽहम् अच्युतः । परमानन्दरूपोऽहम् अहमेवाहमव्ययः ॥ ३ ॥ नित्याे =अनन्त वा शाश्वत निरवद्यो= दोषबाट मुक्त, अच्युतः =अविनाशी र परिवर्तनविहीन परमानन्दरूपोऽहम् =परम आनंदको प्रकृति वा रूप भएकाे अहमेवाहमव्ययः = म अाफैं आत्मा, अविनाशी र कहिल्यै परिवर्तन नभएको हुँ। म अनन्त छु, म दोषबाट स्वतन्त्र छु, म निराकार छु, म अविनाशी र परिवर्तनहीन छु। म सर्वोच्च आनंदको प्रकृति को हुँ। म नै त्याे आत्मा, अविनाशी र कहिल्यै परिवर्तन नहुने हुँ। शुद्धचैतन्यरूपोहम् आत्मारामोऽहम् ऐव च । अखण्डानन्दरूपोऽहम् अहमेवाहमव्ययः ॥ ४ ॥ शुद्धचैतन्यरूप = म शुद्ध चेतनास्वरूप आत्मारामो =अाफ्नेै अात्मामा रमाउने अखण्डानन्दरूप =अविभाज्य आनंदस्वरूप म शुद्ध चेतना हुँ, म अात्माराम हुँ। म अविभाज्य आनंदको प्रकृति हुँ। म नै त्याे आत्मा, अविनाशी र कहिल्यै परिवर्तन नहुने हुँ। प्रत्यक् चैतन्यरूपोऽहं शान्तोऽहं प्रकृतेः परः । शाश्वतानन्दरूपोऽहम् अहमेवाहमव्ययः ॥ ५ ॥ प्रत्यक् चैतन्यरूपोऽहं म अन्तर्निहित चेतना हुँ शान्तोऽहं म शान्त छु प्रकृतेः परः म प्रकृति (माया) भन्दा पर छु शाश्वतानन्दरूपोऽहम् म अनन्त आनंदस्वरूप हुँ म अन्तर्निहित चेतना हुँ, म शान्त छु (सबै आन्दोलनबाट स्वतन्त्र), म प्रकृति (माया) भन्दा पर छु, म अनन्त आनंदको प्रकृति हुँ, म नै त्याे आत्मा, अविनाशी र कहिल्यै परिवर्तन नहुने हुँ। .. तत्वातीतः परात्माऽहं मध्यातीतः परः शिवः । मायातीतः परंज्योतिः अहमेवाहमव्ययः ॥ ६ ॥ तत्वातीतः = तत्व +अतित =तत्वबाट अतित महान् परात्मा = पर + अात्मा= परम् अात्मा,ऽहं = अहं= म मध्यातीतः =मध्य +अतित= बिचमा रहेका सबेैबाट माथि परः शिवः= परम कल्याणकारी मायातीतः =माया+अतित= मायाबाट पर परंज्योतिः =परम्+ ज्याेति = परम् प्रकाशरूप सबै कोटीहरू भन्दा माथि (जस्तै प्रकृति, महत, अहंकारा, आदि) परमात्मा हुँ। मध्यका सबैभन्दा माथि म परम कल्याणकारी अर्थात् शिव हुँ। मायाभन्दा पर म सर्वोच्च ज्योति हुँ। म नै त्याे आत्मा, अविनाशी र कहिल्यै परिवर्तन नहुने हुँ। .. नानारूपव्यतीतोऽहं चिदाकारोऽम् अच्युतः । सुखरूपस्वरूपोऽहम् अहमेवाहमव्ययः ॥ ७ ॥ नानारूपव्यतीतो =अनेक रूपबाट पर अर्थात् अतित चिदाकारो =शुद्ध चैतन्यस्वरूप अच्युतः =कहिल्यै च्युत अर्थात् नाश नहुने सुखरूपस्वरूपाे== सुखस्वरूप म सबै रूप भन्दा पर छु। म शुद्ध चेतना हुँ। म कहिले पनि नाश नहुने सुखस्वरूप हुँ। म नै त्याे आत्मा, अविनाशी र कहिल्यै परिवर्तन नहुने हुँ। .. मायातत्कार्यदेहादि मम नास्त्येव सर्वदा । स्वप्रकाशैकरूपोऽहम् अहमेवाहमव्ययः ॥ ८ ॥ माया =माया तत् =त्यसकाे कार्य= कार्य अर्थात् प्रभाव रूप देहादि= शरिर अादि मम =मेराे लागि नास्त्येव =छैन अर्थात् म त्यसमा बाँधिन्न सर्वदा= सधैं स्वप्रकाशैकरूपो =स्व प्रकाश, एक रूप =सधैं एक स्वरूप रहने= स्वयं प्रकाशस्वरूप न माया ,न यसको प्रभावहरू (जस्तै शरीर) ले मलाइ बाँध्न सक्दछन्। म सधैं एक स्वरूप रहने आत्म-ज्योति हुँ। म नै त्याे आत्मा, अविनाशी र कहिल्यै परिवर्तन नहुने हुँ। .. गुणत्रयव्यतीतोऽहं ब्रह्मादीनां च साक्ष्यहम्‌ । अनन्तानन्दरूपोऽहम् अहमेवाहमव्ययः ॥ ९ ॥ गुण= गुणहरू त्रय= तिनवटा(सत्व,रज,तम) व्यतीतो= बाट अतित वा पर ब्रह्मादीनां च =ब्रह्मा अादीका, ब्रह्मा र अरू सबैका साक्ष्य =साक्षी अहम्‌ =म अनन्तानन्दरूप= अनन्त अानन्द रूप =सदा अानन्दस्वरूप म तीन गुणहरू- (सत्व, रजस र तमस )भन्दा बाहिर छु । म ब्रह्मा र अरुहरुको पनि साक्षी हुँ। म सदा अानन्दस्वरूप असीम आनंदको प्रकृति हुँ। म नै त्याे आत्मा, अविनाशी र कहिल्यै परिवर्तन नहुने हुँ। .. अंतर्ज्योतिस्वरूपोऽहं कूटस्थः सर्वगोऽस्म्यहम्‌ । सर्वसाक्षिस्वरूपोऽहं अहमेवाहमव्ययः॥ १० ॥ अंत =भित्री र्ज्योतिस्वरूपो =प्रकाश स्वरूप (ज्ञानी) कूटस्थः =अपरिवर्तनीय सर्वगोऽस्म्यहम्‌ =सबैतिर-व्याप्त म नै सर्व =सबैकाे साक्षिस्वरूपो= साक्षि स्वरूप ऽहम्= म म भित्री प्रकाश (जानकार) हुँ, म अपरिवर्तनीय छु, म सर्वव्यापी छु। म सबैमा साक्षी हुँ । म नै त्याे आत्मा, अविनाशी र कहिल्यै परिवर्तन नहुने हुँ। .. द्वन्द्वादिसाक्षिरूपोऽहं अचलोऽहं सनातनः । सर्वसाक्षिस्वरूपोऽहं अहमेवाहमव्ययः॥ ११ ॥ द्वन्द्वादि= द्वन्द अादि काे साक्षिस्वरूपो =साक्षि स्वरूप अचलो= अचल सनातनः =सधैं रहने सर्व =सबैकाे साक्षिस्वरूपो= साक्षि स्वरूप ऽहम् =म म सबै द्वन्द्वादिकाे साक्षी हुँ। म अचल हुँ। म अनन्त हुँ। म सबै कुराको साक्षी हुँ। म नै त्याे आत्मा, अविनाशी र कहिल्यै परिवर्तन नहुने हुँ। .. प्रज्ञानघन एवाहं विज्ञानघन एव च । अकर्ताहं अभोक्ताहं अहमेवाहमव्ययः ॥ १२ ॥ प्रज्ञानघन= बुद्धिमत्ता एवाहं= एव +अहं =र म एव च =तथा विज्ञानघन =शुद्ध ज्ञान अकर्ताहं =अकर्ता(कर्ता हाेइन) अहं= (म) अभोक्ताहं =अभाेक्ता(भाेक्ता हाेइन) मेरो सार जागरूकता र चेतना हो। म कर्ता होईन न त एक अनुभवकर्ता हो। म नै त्याे आत्मा, अविनाशी र कहिल्यै परिवर्तन नहुने हुँ। .. निराधारस्वरूपोऽहं सर्वाधारोऽहमेव च । आप्तकामस्वरूपोऽहं अहमेवाहमव्ययः ॥ १३ ॥ निराधारस्वरूपो=कुनै अाधार नचाहिने सर्वाधारोऽहमेव= सर्व(सबैकाे) अाधाराे(अाधार) अहम(म) एव च (तथा) आप्तकामस्वरूप =कुनै इच्छा बाँकि नभएकाे म कुनै अाधार नचाहिने,सबैकाे अाधार रकुनै इच्छा बाँकि नभएकाे हुँ। म नै त्याे आत्मा, अविनाशी र कहिल्यै परिवर्तन नहुने हुँ। .. तापत्रयविनिर्मुक्तः देहत्रयविलक्षणः । अवस्थात्रयसाक्ष्यस्मि अहमेवाहमव्ययः ॥ १४ ॥ तापत्रयविनिर्मुक्तः =तिनप्रकारकाे ताप (अाध्यात्मिक,अाधिदैविक, अाधिभाैतिक) बाट मुक्त देहत्रय =तिनवटा देह (स्थूल, सूक्ष्म र कारण ) विलक्षणः =भन्दा फरक अवस्थात्रय =तिनवटा अवस्था (जाग्रत,स्वप्न र सुषुप्ति) साक्ष्यस्मि =काे साक्षी म म तीन किसिमका कष्टहरूबाट स्वतन्त्र छु। म स्थूल, सूक्ष्म र र कारण शरिरहरू न भन्दा फरक छु। म तिनवटा अवस्था (जाग्रत,स्वप्न र सुषुप्ति ) काे साक्षी हुँ। दृग्‌दृश्यौ द्वौ पदार्थो स्तः परस्परविलक्षणौ । दृग्‌ ब्रह्म दृश्यम् मायेति सर्ववेदान्तडिण्डिमः ॥ १५ ॥ दृग्‌ =द्रष्टा दृश्यौ= द्रुश्य द्वौ =दुइ पदार्थो =पदार्थहरू स्तः =छन् परस्परविलक्षण= परस्परमा फरक दृग्‌ ब्रह्म =द्रष्टा ब्रह्म हाे दृश्यम् मायेति= द्रुश्य माया(प्रकृति) सर्व= यो सबै वेदान्त =वेदान्तले डिण्डिमः =घोषणा गरेको छ परस्परमा फरक द्रष्टा र द्रुश्य दुइ पदार्थहरू छन्। द्रष्टा ब्रह्म हाे,द्रुश्य माया(प्रकृति) हाे। यो सबै वेदान्तले घोषणा गरेको छ। अहं साक्षीति यो विद्याद्‌ विविच्यैवं पुनः पुनः । स एव मुक्तः स विद्वान् इति सर्ववेदान्तडिण्डिमः ॥ १६ ॥ अहं =म साक्षीति =साक्षीमात्र याे बारम्बार चिन्तन गरिसकेपछि कि ऊ एक साक्षीमात्र हो, ऊ स्वतन्त्र हुन्छ, विद्वान् हुन्छ। यो वेदांत द्वारा घोषणा गरिएको छ। घटकुड्यादिकं सर्वं मृत्तिकामात्रमेव च । तद्वद्‌ब्रह्म जगत्‌ सर्वं इति वेदान्तडिण्डिमः ॥ १७ ॥ घट= घडा कुड्यादिकं =पर्खाल अादि सर्वं =सबै मृत्तिकामात्रमेव च= केबल माटाेमात्र तद्वद्‌ब्रह्म जगत्‌ सर्वं =त्यसैगरी सम्पुर्ण जगत ब्रह्म हाे इति वेदान्तडिण्डिम= यति वेदांत द्वारा घोषणा गरिएको छ भाँडो, भित्ता, आदि सबै माटो बाहेक केहि छैन। त्यसरी नै सम्पूर्ण ब्रह्माण्ड ब्राह्म बाहेक अरु केहि छैन। यो वेदांत द्वारा घोषणा गरिएको छ। ब्रह्म सत्यं जगन्मिथ्या जीवो ब्रह्मैव नापरः । अनेन वेद्यं सच्छास्त्रम् इति वेदान्तडिण्डिमः ॥ १८ ॥ ब्रह्म सत्यं = ब्रह्म सत्य हाे जगन्मिथ्या =जगत् असत्य हाे जीवो ब्रह्मैव =जीव नै ब्रह्म हाे नापरः =फरक हाेइनन् अनेन वेद्यं सच्छास्त्रम् =याे शास्त्रको रूपमा बुझ्नु पर्दछ इति वेदान्तडिण्डिमः =यति वेदांत द्वारा घोषणा गरिएको छ ब्राह्म सत्य छ, ब्रह्माण्ड मिथ्या हो (सदा परिवर्तनशील)। जीव स्वयं ब्रह्म हो र भिन्न छैन। यो शास्त्रको रूपमा बुझ्नु पर्छ। यो वेदांत द्वारा घोषणा गरिएको छ। अन्तर्ज्योतिर्बहिर्ज्योतिः प्रत्यग्ज्योतिः परात्परः । ज्योतिर्ज्योतिः स्वयंज्योतिः आत्मज्योतिः शिवोऽस्म्यहम्‌ ॥ १९ ॥ अन्तर्ज्योति= भित्रि ज्याेति बहिर्ज्याेतिः =बाहिरि ज्याेति प्रत्यग्ज्योतिः शुद्ध चेतनामात्र परात्परः =उच्चभन्दा उच्च ज्योतिर्ज्योतिः =प्रकाशकाे पनि प्रकाश स्वयंज्योतिः =स्वयंप्रकाश आत्मज्योतिः =अात्मज्याेति शिवोऽस्म्यहम्‌= शिव म नै हुँ भित्रि ज्याेति,बाहिरि ज्याेति ,शुद्ध चेतनामात्र,उच्च भन्दा उच्च, प्रकाशकाे पनि प्रकाश, स्वयंप्रकाश, अात्मज्याेति शिव म नै हुँ।

श्रीकृष्णार्पणमस्तु

Comments

Post a Comment

Popular posts from this blog

ईशावास्योपनिषद् / शुक्लयजुर्वेदकाे ४० अैां अध्याय ( Ishavashyopanishad / 40 th chapter of Shuklayajurveda. )

स्कन्दपुराणकाे हिमवत्खण्ड अन्तर्गत नेपाल महिमा (Glory of Nepal in Himavatkhanda, Skandapurana )

नुवाकाेट देविघाटमा अवस्थित भैरवतीर्थ र भैरवेश्वर शिवलिङ्गको महिमा (स्कन्दपुराणकाे हिमवत् खण्डअन्तर्गत अध्याय ११५ )

संस्कृत अक्षर उत्पति / महेश्वर सुत्र/शिव सुत्र/ Origin of Sanskrit Letters/ Maheshwor Sutra/Shiva Sutra