मुण्डकोपनिषद् , खण्ड : २ (Mundakopanishad Part 2 )
द्वितिय खण्ड
कर्मनिरूपण
तदेतत्सत्यं मन्त्रेषु कर्माणि कवयो यान्यपश्यंस्तानि त्रेतायां बहुधा सन्ततानि।
तान्याचरथ नियतं सत्यकामा एष वः पन्थाः सुकृतस्य लोके ॥१॥
बुद्धिमान् ऋषिहरूले जुन कर्मलाइ मन्त्रमा साक्षात्कार गरेका थिए उही याे सत्य हा्े ,त्रेतायुगमा ति कर्मकाे अनेक प्रकारले विस्तार भयाे। सत्य (कर्मफल)-काे कामना युक्त भएर त्यसकाे नित्य आचरण गर; लोकमा यही तिम्राे लागि सुकृत (कर्मफलकाे प्राप्ति)-काे मार्ग हाे ॥१॥
अग्निहाेत्रकाे वर्णन
यदा लेलायते ह्यर्चि समिद्धे हव्यवाहने।
तदाज्यभागावन्तरेणाहुती: प्रतिपादयेत्॥२॥
जुन समय अग्नि प्रदीप्त हुन्छ र ज्वाला उठ्न थाल्दछ त्यस समय दुबै आज्यभागकाे* बिचमा [प्रातः र सायंकाल] आहुति हाल्नु॥२॥
यस्याग्निहोत्रमदर्शमपौर्णमास-
मचातुर्मास्यमनाग्रयणमतिथिवर्जितं च।
अहुतमवैश्वदेवमविधिना हुत-
मासप्तमांस्तस्य लोकान्हिनस्ति॥३॥
जसकाे अग्निहोत्र दर्श, पौर्णमास, चातुर्मास्य र आग्रयण-यी, कर्मबाट रहित, अतिथि-पूजनबाट वर्जित, यथासमय गरिने हवन र वैश्वदेव रहित अथवा अविधिपूर्वक हवन गरीएकाे हुन्छ ,त्यसले मानाैं सात पींढ़िकाे नाश गर्दछ॥३॥
अग्निकाे सात जिह्वाहरू
काली कराली च मनोजवा च
सुलोहिता या च सुधूम्रवर्णा।
स्फुलिङ्गिनी विश्वरुची च देवी
लेलायमाना इति सप्त जिह्वाः॥४॥
काली, कराली, मनोजवा, सुलोहिता, सुधूम्रवर्णा, स्फुलिङ्गिनी र विश्वरुची देवी-यी त्यस (अग्नि)-काे लपलपाएका सात जिह्वाहरू हुन् ॥ ४।।
विधिवत् अग्निहोत्रादिबाट स्वर्गप्राप्ति
एतेषु यश्चरते भ्राजमानेषु
यथाकालं चाहुतयो ह्याददायन्।
तं नयन्त्येताः सूर्यस्य रश्मयो
यत्र देवानां पतिरेकोऽधिवासः॥५॥
जो पुरुष यी देदीप्यमान अग्रिशिखामा यथासमय आहुतिहरू दिएर (अग्रिहोत्रादि कर्मकाे) आचरण गर्दछ, ति आहुतिहरू सूर्यकाे किरणहरूले त्यहाँ लग्दछन् जहाँ देवताहरूका एकमात्र स्वामि रहन्छ ।।५।।
सूर्यकाे किरणले कसरी लैजान्छ त ?
एह्येहीति तमाहुतयः सुवर्चसः
सूर्यस्य रश्मिभिर्यजमानं वहन्ति।
प्रियां वाचमभिवदन्त्योऽर्चयन्त्य
एष वः पुण्यः सुकृतो ब्रह्मलोकः॥६॥
ति दीप्तिमती आहुतिहरू 'आउ, आउ, याे तिम्राे सुकृतबाट प्राप्त भएकाे पवित्र ब्रह्मलोक(स्वर्गलाेक) हाे' यस्ताे प्रिय वाणी बाेलेर यजमानका अर्चन (सत्कार) गर्दै उसलाइ लेैजान्छन्॥६॥
ज्ञानविहिन कर्मकाे निन्दा
प्लवा ह्येते अदृढा यज्ञरूपा
अष्टादशोक्तमवरं येषु कर्म।
एतच्छ्रेयो येऽभिनन्दन्ति मूढा
जरामृत्युं ते पुनरेवापि यन्ति॥७॥
जसमा [ज्ञानबाह्य हुनाले) अवर-निकृष्टकर्म आश्रित कहिन्छ, ति (१६ ऋत्विक् , यजमान र यजमानपत्नी] यी अठार यज्ञरूप (यज्ञकाे साधन) अस्थिर एवं नाशवान् बताइएकाे छ। जो मूढ 'यही श्रेय हाे' यस प्रकार यिनिहरूकाे अभिनन्दन गर्दछ,तिनिहरू फेरी जरा-मरण मा प्राप्त भइरहन्छन् ॥७॥
अविद्याग्रस्त कर्मठ काे दुर्दशा
अविद्यायामन्तरे वर्तमानाः
स्वयं धीराः पण्डितं मन्यमानाः।
जङ्घन्यमानाः परियन्ति मूढा
अन्धेनैव नीयमाना यथान्धाः॥८॥
अविद्याकाे बिचमा रहने र अाफुलाइ बड़ाे बुद्धिमान् तथा पण्डित मान्ने ति मूढ पुरुष अँधेरा्ेबाट ल्याइएकाे नेत्रहिन व्यक्ति काे समान पीडित भएर सबैतिर भट्कीरहन्छन्॥८॥
किञ्च (तथा)
अविद्यायां बहुधा वर्तमाना
वयं कृतार्था इत्यभिमन्यन्ति बालाः।
यत्कर्मिणो न प्रवेदयन्ति रागा-
त्तेनातुराः क्षीणलोकाश्च्यवन्ते॥९॥
बहुधा(अनेकप्रकारले ) अविद्यामा नै रहने ति मूर्खहरू ' केवल हामि कृतार्थ भएका छाैं ' यस प्रकार अभिमान गर्दछन्। किनकि कर्मी व्यक्ति लाइ कर्मफलविषयक राग हुनाकाे कारण तत्त्वकाे ज्ञान हुँदैन, यसैले गर्दा दुःखार्त्त (अात्तुर) भइ (कर्मफल क्षीण भएपछि) स्वर्गबाट च्युत हुन्छन्॥ ९॥
इष्टापूर्त मन्यमाना वरिष्ठं
नान्यच्छ्रेयो वेदयन्ते प्रमूढाः ।
नाकस्य पृष्ठे ते सुकृतेऽनुभूत्वे-
मं लोकं हीनतरं वा विशन्ति॥१०॥
इष्ट(यज्ञादि) र पूर्त (कुवा, पाटी अादि) कर्मलाइ नै सर्वोत्तम मान्ने ति महामूढ अरू कुनैपनी वस्तुकाे श्रेयस्कर मान्दैनन्। ति स्वर्गलोककाे उच्च स्थानमा अाफ्नाे कर्मफलकाे अनुभव गरेर यस [मनुष्य] लोक अथवा यसभन्दा पनि निकृष्ट लोकमा प्रवेश गर्दछन् ॥१०॥
तपःश्रद्धे ये ह्युपवसन्त्यरण्ये
शान्ता विद्वांसो भैक्ष्यचर्यां चरन्तः।
सूर्यद्वारेण ते विरजाः प्रयान्ति
यत्रामृतः स पुरुषो ह्यव्ययात्मा॥११॥
तर जो शान्त र विद्वान् जन वनमा रही भिक्षावृत्तिकाे आचरण गर्दै तप र श्रद्धाकाे सेवन गर्दछन् ति पापरहित भइ सूर्यद्वार (उत्तरायणमार्ग)- बाट वहाँ जान्छन् जहाँ त्याे अमृत र अव्ययस्वरूप पुरुष रहन्छ॥ ११ ॥
ऐहिक र पारलौकिक भोगकाे असारता देख्ने पुरुषकाे लागि संन्यास र गुरूपसदन काे विधान
परीक्ष्य लोकान्कर्मचितान्ब्राह्मणो
निर्वेदमायान्नास्त्यकृतः कृतेन।
तद्विज्ञानार्थं स गुरुमेवाभिगच्छेत्
समित्पाणिः श्रोत्रियं ब्रह्मनिष्ठम्॥१२॥
कर्मद्वारा प्राप्त लोककाे परीक्षा गरी ब्राह्मण निर्वेद को प्राप्त होवस्, (किनकि संसारमा) अकृत (नित्य पदार्थ) छैन, र कृत काे ( के प्रयोजन छ र?)अतः त्यस नित्य वस्तुकाे साक्षात् ज्ञान प्राप्त गर्नकाे लागि त हातमा समिधा लिएर श्रोत्रिय र ब्रह्मनिष्ठ गुरुकाे मा जानुपर्दछ ॥१२॥
गुरुकाे लागि उपदेशप्रदानकाे विधि
तस्मै स विद्वानुपसन्नाय सम्य-
क्प्रशान्तचित्ताय शमान्विताय।
येनाक्षरं पुरुषं वेद सत्यं
प्रोवाच तां तत्त्वतो ब्रह्मविद्याम्॥१३॥
विद्वान् गुरु अफ्नाे समीप आएकाे त्यस पूर्णतया शान्तचित्त एवं जितेन्द्रिय शिष्यलाइ त्यस ब्रह्मविद्याकाे तत्त्वतः उपदेश गर्नु जसले गर्दा त्याे सत्य र अक्षर पुरुषकाे ज्ञान हुन्छ॥१३॥
इत्यथर्ववेदीयमुण्डकोपनिषद्भाष्ये प्रथममुण्डके द्वितीयः खण्डः
समाप्तमिदं प्रथमं मुण्डकम्
* दर्श पाैर्णमास यज्ञमा अग्नये स्वाहा र साेमाय स्वाहा मन्त्रबाट दिइने घिउकाे अाहुति
Comments
Post a Comment