ईशावास्योपनिषद् ॐ तत्सद्ब्रह्मणे नमः ईशावास्योपनिषद् ईशिता सर्वभूतानां सर्वभूतमयश्र्च यः । ईशावास्येन सम्बोध्यमीश्वरं तं नमाम्यहम् ।। शान्तिपाठ ॐ पूर्णमदः पूर्णमिदं पूर्णात्पूर्णमुदच्यते । पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते ।। ॐ शान्तिः शान्तिः शान्तिः । ॐ त्यो (परब्रह्म) पूर्ण छ र यो (कार्यब्रह्म) पनि पूर्ण छ , किनकि पूर्णबाट पूर्णको उत्पति हुन्छ । तथा (प्रलयकालमा) पूर्ण (कार्यब्रह्म) को पूर्णत्व लिई (आफूमा लिन गराएर) पूर्ण (परब्रह्म) नै बाँकि रहन्छ । त्रिविध तापको शान्ति होवस् । सर्वत्र भगवत्दृष्टिको उपदेश ॐ ईशा वास्यमिदँ् सर्वं यत्किञ्च जगत्यां जगत् । तेन त्यक्तेन भुञ्जीथा मा गृधः कस्यस्विद्धनम् ।।१।। जगतमा जो कुछ स्थावर जंगम संसार छ , त्यो सब ईश्वरद्वारा व्याप्त छ ( सबैमा भगवत्स्वरुप अनुभव गर्नुपर्दछ ) । त्यसको त्याग भावद्वारा तिमि आफ्नो पालन गर...
ॐ श्री आदि शंकराचार्य विरचितः ब्रह्मज्ञानावलीमाला अनुवादः रमेश अधिकारी असङगोऽहम् असङगोऽहम् असङगोऽहम् पुनः पुनः । सच्चिदानन्द रुपोऽहम् अहमेवाहम् अव्ययः ॥ १ ॥ असङगो = बिना बाँधिएकाे, ऽहम्=म, असङगोऽहम् पुनः पुनः = कुनै पनि प्रकारको बन्धनबाट मुक्त छु। सच्चिदानन्द = सत्,चित् र अानन्द रूपाे =रूप भएकाे अहम्= म अव्ययः = अविनाशी बिना बाँधिएकाे म हुँ, बिना बाँधिएको म हुँ, कुनै पनि प्रकारको बन्धनबाट मुक्त छु। म सत्य-चेतना-आनंद स्वरूप हुँ। म नै त्याे आत्मा, अविनाशी र कहिल्यै परिवर्तन नहुने हुँ। नित्यशुद्धविमुक्तोऽहं निराकारोऽम् अव्ययः । भूमानन्दस्वरूपोऽहम् अहमेवाहम् अव्ययः ॥ २ ॥ नित्य =सधैं रहने शुद्ध= शुद्ध विमुक्तो= सबैबाट मुक्त ऽहं म निराकारो= कुनै अाकार नभएकाे अव्यय= व्यय अर्थात् नाश नहुने ...
स्कन्दपुराणकाे हिमवत्खण्ड अन्तर्गत नेपाल महिमा , जुन भारतबाट प्रकाशित स्कन्दपुराणबाट लुप्त पारिएकाे छ जसबाट नेपालकाे धार्मिक महत्व गुमनाम भएकाे छ । जसलाइ याेगि नरहरिनाथले खाेज गरी प्रकाशमा ल्याउनुभएकाे हाे । नेपाल नाम पाैराणिक काल देखि नै उल्लेख भएकाे पाइन्छ । ये यत्र कुत्रापि च जन्तवः स्युः ज्ञानैश्च धर्मैरपि वर्जितास्ते । नैपालकेऽङ्गानि परि त्यजन्ति शैवं महाधाम सुखेन यान्ति ॥९०॥ अर्थात् जो कोही ठाउँमा जन्मेका र धर्म नभएका व्यक्तिहरू पनि यदि नेपालमा आएर शरीर त्याग गर्छन् भने तिनीहरू अवश्य पनि शैवपदमा पुग्छन् । विभिन्न किसिमका पापलाई हरण गर्ने नदीहरूले गर्दा त्यो क्षेत्र विराजमान भएको छ। यहाँका जति पनि प्राणीहरू छन्, ती चाहे पशुरूपमा होऊन् या पक्षीरूपमा, ती सबै सेवा गर्न योग्य छन् । महापद्म आकार भएको त्यस नेपाल क्षेत्रमा नजानीकन पनि जसले प्राण त्याग गर्छन्, ती व्यक्ति स्वर्गमा जान्छन्, यसमा सन्देह छैन । अत्यन्त पुण्यक्षेत्र यो नेपाल धन्य छ ।।७७- ७९।। यसबाट नै नेपाल देशकाे पावनता , महत्व कहिलेदेखि र कस्ताे थियाे भन्ने स्पष्ट हुन्छ। सप्ततितमोऽध्यायः नेपालमहिमा स्...
भैरवतीर्थ भैरवेश्वर शिवलिङ्गको महिमा स्कन्दपुराणकाे हिमवत् खण्डअन्तर्गत अध्याय ११५ मा नुवाकाेट जिल्ला देविघाटमा अवस्थित भैरवतीर्थ र भैरवेश्वर शिवलिङ्गको महिमा उल्लेख गरीएकाे छ । ( याे स्थान निलकूटपर्वत मा रहेकाे उल्लेख) जसमा कुमारजिले विरूपाक्ष गण्डकीको सङ्गममा स्नान गरेर गण्डकीकै तटमा रहेको भैरवेश्वर महादेव भएको क्षेत्रमा गएकाे र त्यहाँ दुई नदीको सङ्गममा रहेको भैरवनामक महातीर्थमा स्नान गरेर जलमय महालिङ्गको माघशुक्ल चतुर्दशीका दिन भक्तिपूर्वक पूजा गरी जाग्राम बसेकाे र नेमुनिसित त्यस तीर्थ र लिङ्गको माहात्म्य सोधेकाे उल्लेख छ । विरूपाक्षले साेधे - हे ब्रह्मज्ञ । अब म हजुरबाट जलमय मूर्ति भएका शिवलिङ्गको र यस तीर्थको माहात्म्य सुन्न चाहन्छु । हे प्रभु । यस लिङ्गलाई कसले प्रकाशमा ल्याएको थियो ? यस तीर्थमा स्नान गरेर कसले के फल पायो ? यस लिङ्गको पूजा गरेर को मुक्त भयो ? सबै मलाई बताउनुहोस् । नेमुनिले भन्नुभयो- हे विरूपाक्ष । अघि संवर्तक नाम गरेका रुद्रले भैरवको रूप लिएर सम्पूर्ण प्राणीहरूको संहार गर्नुभएको थियो र पृथ्वीलाई सम्पूर्ण प्राणीहरूले रहित तुल्याएर हिमालयमा बस्नका लागि यहा...
महेश्वर सुत्र सबैभन्दा पुरानो ज्ञात संस्कृत वर्णमाला क्रम हाे।संस्कृत वर्णमालाकाे उत्पत्ति महेश्वरसुत्रबाट भएकाे हो ।संस्कृत भाषा जसलाई पुराणहरूमा भगवानको भाषा भनेर भनिएकाे छ,त्याे भगवान शिवकाे डमरूको ध्वनिबाट उत्पति भएकाे थियो। डमरू एक वाद्य यन्त्र हाे,जसले भगवान शिवको हात सुशोभित गर्दछ। शिवले ब्रह्माण्डिक नृत्य पछि,ब्रह्माण्ड सृजना गर्दा आफ्नो डमरुको आवाज निकाल्नुभयो।यी आवाजहरूले ब्रह्माण्डलाई सिर्जना,नियन्त्रित र नष्ट गर्ने शक्ति राख्दछ। साे ध्वनि ब्रह्माण्डको सृजनात्मक शक्तिको रूपमा उल्लेख गरिएको छ। शिव सूत्रमा १४ वटा पदहरू छन् जसले संस्कृतको ध्वनिहरू संगठित गर्दछ। याे संस्कृत व्याकरणको मूल पाठ,पाणिनिकाे अष्टाध्ययीमा उल्लेख छ। पाणिनीको अष्टाध्यायीको एउटा प्रख्यात पदले भन्छ कि पाणिनी व्याकरणमा भगवान शिवकाे कृपा छ। यसैले पहिलो ज्ञात संगठित ध्वनिहरू महेश्वर सुत्रका रूपमा परिचित छन् । महेश्वर भगवान शिवको अर्को नाम हाे। पाणिनीको अष्टाध्यायीको पदले भन्दछः नृत्तावसाने नटराज राजो ननाद ढक्कां नवपञ्चवारम्। उद्धर्त्तुकामः सनकादिसिद्धान् एतद्विमर्शे शि...
Comments
Post a Comment