ईशावास्योपनिषद् / शुक्लयजुर्वेदकाे ४० अैां अध्याय ( Ishavashyopanishad / 40 th chapter of Shuklayajurveda. )

ईशावास्योपनिषद्                                                     


 

ॐ तत्सद्ब्रह्मणे नमः

ईशावास्योपनिषद्

ईशिता सर्वभूतानां सर्वभूतमयश्र्च यः ।

ईशावास्येन सम्बोध्यमीश्वरं तं नमाम्यहम् ।।

शान्तिपाठ

ॐ पूर्णमदः पूर्णमिदं पूर्णात्पूर्णमुदच्यते ।

पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते ।।

ॐ शान्तिः शान्तिः शान्तिः ।

 

ॐ त्यो (परब्रह्म) पूर्ण छ र यो (कार्यब्रह्म) पनि पूर्ण छ, किनकि पूर्णबाट पूर्णको उत्पति हुन्छ । तथा (प्रलयकालमा) पूर्ण (कार्यब्रह्म) को पूर्णत्व लिई (आफूमा लिन गराएर) पूर्ण (परब्रह्म) नै बाँकि रहन्छ । त्रिविध तापको शान्ति होवस् ।

सर्वत्र भगवत्दृष्टिको उपदेश

ॐ ईशा वास्यमिदँ् सर्वं यत्किञ्च जगत्यां जगत् ।

तेन त्यक्तेन भुञ्जीथा मा गृधः कस्यस्विद्धनम् ।।१।।

जगतमा जो कुछ स्थावर जंगम संसार छ, त्यो सब ईश्वरद्वारा व्याप्त छ ( सबैमा भगवत्स्वरुप अनुभव गर्नुपर्दछ ) । त्यसको त्याग भावद्वारा तिमि आफ्नो पालन गर, कसैको धनको इच्छा नगर ।

 

मनुष्यत्वाभीमानीको लागि कर्मविधि

कुर्वन्नेवेह कर्माणि जिजीविषेच्छतँ्समाः ।

एवं त्वयि नान्यथेतोऽस्ति न कर्म लिप्यते नरे ।।२।।

यस लोकमा कर्म गरेर सय वर्ष जिउने इच्छा गर्नु । यसप्रकार मनुष्यत्वका अभिमान राख्ने तिम्रो लागि यसबाहेक अर्को कुनै मार्ग छैन, जसको अनुसरण गरेर तिमिलाइ अशुभ कर्मको लेप नहोस् ।

अज्ञानीको निन्दा

असुर्या नाम ते लोका अन्धेन तमसावृताः ।

ताँ्स्ते प्रेत्याभिगच्छन्ति ये के चात्महनो जनाः ।।३।।

त्यो असुरसम्बन्धी लोक आत्माको अदर्शनरुप अज्ञानबाट व्याप्त छ । जो आत्माको हनन (नाश) गर्नेवाला छन्, तिनिहरु मरेपछि त्यस लोकको प्राप्त गर्दछन् ।

 

आत्माको स्वरुप

अनेकजदेकं मनसो जवियो

नैनद्देवा आप्नुवन्पूर्वमर्षत् ।

तद्धावतोऽन्यानत्येति तिष्ठ-

त्तस्मिन्नपो मातरिश्र्वा दधाति ।।४।।

त्यो आत्मतत्व आफ्नो स्वरुपबाट विचलित न हुनेवाला, एक तथा मनभन्दा पनि तिब्र वेगवाला छ । जसलाइ इन्द्रियहरुले पाउन सकेनन्, किनकि यो इन्द्रियहरुभन्दा सबैभन्दा पहिला  भएको (विद्यमान) थियो । त्यो स्थिर भएर पनि अन्य सबै गतिशीलहरुलाइ अतिक्रमण गर्दछ । आत्माको सत्तामा नै वायु समस्त प्राणिको प्रवृत्तिरुप कर्महरुको विभाग गर्दछ ।

तदेजति तन्नैजति तद्दूरे तद्वन्तिके ।

तदन्तरस्य सर्वस्य तदु सर्वस्यास्य बाह्यतः ।।५।।

त्यो आत्मतत्व चल्दछ र चल्दैनपनि । त्यो टाढा छ र नजिक पनि छ । त्यो सबैैको भित्र छ र बाहिर पनि छ ।

 

अभेददर्शीको स्थिति

यस्तु सर्वाणि भूतान्यात्मन्येवानुपश्यति ।

सर्वभूतेषु चात्मानं ततो न विजुगुप्सते ।।६।।

जसले सम्पूर्ण भूतसमुदायको आत्मा मा नै देख्दछ र सम्पूर्ण भूतसमुदायमा  आत्मालाई देख्दछ, त्यसले सार्वात्म्यदर्शनको कारण कसैसँग घृणा गर्दैन ।

यस्मिन्सर्वाणि भूतान्यात्मैवाभूद्विजानतः ।

तत्र को मोहः कः शोक एकत्वमनुपश्यतः ।।७।।

जुन समय ज्ञानी पुरुषले सबै भूतमा (स्थावर, जंगम) आत्मा नै देख्दछ, त्यस समय एकत्व देख्ने विद्वानलाई न कुनै शोक न कुनै मोह नै हुन सक्दछ ।

 

आत्मनिरुपण

स पर्यगाच्छुक्रमकायमव्रणमस्नाविरँ् शुद्धमपापविद्धम् ।

क्विर्मनीषी परिभूः स्वयम्भूर्याथातथ्यतोऽर्थान् व्यदधाच्छाश्र्वतीभ्यः समाभ्यः ।।८।।

त्यो आत्मा सर्वगत, शुद्ध, अशरीरी, अक्षत, स्नायुरहित, निर्मल, अपापहत, सर्वद«ष्टा, सर्वज्ञ, सर्वोत्कृष्ट र स्वयम्भू(स्वयं उत्पनं हुने) छ । उसैले नित्यसिद्ध संवत्सर नामक प्रजापतिको लागि यथायोग्य रीतिले अर्थ( कर्तव्य अथवा पदार्थ) हरुको विभाजन गरेको छ ।

ज्ञानमार्ग र कर्ममार्ग

कर्म र उपासनाको समूच्चय

 

अन्धतमः प्रविशन्ति येऽविद्यामुपासते ।

ततो भूय इव ते तमो य उ विद्या रताः ।।९।।

जो अविद्या(कर्म) को उपासना गर्दछन् तिनिहरु ( अविद्यारुप घोर अन्धकारमा प्रवेश गर्दछन् । र जो विद्या ( उपासना , देवताज्ञान) मा नै रत रहन्छन् तिनिहरु त मानौं झन् अधिक अन्धकारमा प्रवेश गर्दछन् ।

 

कर्म र उपासनाको समूच्चयको फल

 

अन्यदेवाहुर्विद्यायान्यदाहुरविद्यया ।

इति शुश्रुम धीराणां ये नस्तद्विचचक्षिरे ।।१०।।

 

विद्या(देवताज्ञान ) बाट अर्कै तथा अविद्याबाट अर्कै फल बताइएको छ । यस्तो हामिले बुद्धिमान व्यक्तिबाट सुनेका हौं, जसले हाम्रा लागि सो व्यवस्था गरेका थिए ।

विद्यां चाविद्यां च यस्तद्वेदोभयँ्सह ।

अविद्यया मृत्युं तीत्र्वा विद्ययामृतमश्नुते ।।११।।

जो विद्या र अविद्या यी दुइ को एकसाथ जान्दछ, त्यो अविद्याद्वारा मृत्युलाइ पार गरेर विद्याद्वारा अमरतत्व प्राप्त गर्दछ ।

 

व्यक्त र अव्यक्त उपासनाको समुच्चय

अन्धं तमः प्रविशन्ति येऽसम्भूतिमुपासते ।

ततो भूय इव ते तमो य उ सम्भूत्याँ्ररताः।।१२।।

जो असम्भूति ( अव्यक्त प्रकृति) को उपासना गर्दछन्, उनिहरु घोर अन्धकारमा प्रवेश गर्दछन् र जो सम्भूति (कार्यब्रह्म) मा रत छन्, उनिहरु त झन् अधिक अन्धकारमा प्रवेश गर्दछन् ।

 

व्यक्त र अव्यक्त उपासनाको फल

अन्यदेवाहुः सम्भवादन्यदाहुरसम्भवात् ।

इति शुश्रुम धीराणां ये नस्तद्विचचक्षिरे ।।१३।।

कार्यब्रह्म को उपासनाबाट अर्कै र अव्यक्तोपासनाबाट  अर्कै फल बताइएको छ । यस्तो हामिले बुद्धिमान व्यक्तिबाट सुनेका हौं, जसले हाम्रा लागि सो व्याख्या गरेका थिए ।

 

सम्भूतिं च विनाशं च यस्तद्वेदोभयँ्सह ।

विनाशेन मृत्युं तीत्र्वा सम्भूत्यामृतश्मश्नुते ।।१४।।

जो असम्भूति र कार्यब्रह्म यी दुईको साथ साथ जान्दछ, त्यो कार्यब्रह्मको उपासनाद्वारा मृत्युको पार गरी असम्भूतिद्वारा (प्रकृतिलयरुप) अमरत्व प्राप्त गर्दछ ।

उपासकको मार्गयाचना

हिरण्यमयेन पात्रेण सत्यस्यापिहितं मुखम् ।

तत्वं पूषन्नपावृणु सत्यधर्माय दृष्टये ।।१५।।

 

आदित्यमण्डलस्थ ब्रह्मको मुख ज्योतिर्मय पात्रले ढाकेको छ । हे पूषन, म सत्यधर्मालाइ आत्माको उपलब्ध गराउनको लागि तँ त्यसलाइ उघार्दे ।

 

पूषन्नेकर्षे यम सूर्य प्राजापत्य व्यूह रश्मीन्समूह ।

तेजो यत्ते रुपं कल्याणतमं तत्ते पश्यामि योऽसावसौ पुरुषः सोऽहमस्मि ।।१६।।

 

हे जगत्पोषक सूर्य, हे एकाकी गमन गर्नेवाले, हे यम(संसारको नियमन गर्नेवाला), हे सूर्य, हे प्रजापतिनन्दन, तिमि आफ्नो किरण हटाउ । तीम्रो जुन अतिशय कल्याणमय रुप छ, म त्यो देख्दछु । यो जून आदित्यमण्डलस्थ  पुरुष छ त्यो म नै हुँ ।

  

मरणोन्मुख उपासकको प्रार्थना

 

वायुरनिलममृतमथेदं भस्मान्तँ्शरीरम् ।

ॐक्रतो स्मर कृतँ्स्मर क्रतो स्मर कृतँ्स्मर ।।१७।।

 

अब मेरो प्राण सर्वात्मक वायुरुप सूत्रात्माको प्राप्त होवस् र यो शरीर भष्मशेष होवस् । हे मेरो संकल्पात्मक मन, अब तँ स्मरण गर्, आफुले गरेको स्मरण गर्, अब तँ स्मरण गर्, आफुले गरेको स्मरण गर् ।

 

अग्ने नय सुपथा राये अस्मान्-

विश्र्वानि देव वयुनानि विद्वान् ।

युयोध्यस्मज्जुहुराणमेनो भूयिष्ठां

ते नम उक्तिं विधेम ।।१८।।

 

हे अग्नि मलाइ कर्मफलभोगको लागि सन्मार्गबाट लिएर हिंड । हे देव तिमि समस्त ज्ञान र कर्मको जाननेवाला छौ । मेरो पाषण्डपूर्ण पापलाई नष्ट गर । म तिमिलाइ धेरै नमस्कार गर्दछु ।

 

।। हरिः ॐ तत्सत् ।।


 note :  ँ् संकेत मा गं् (GUM) उच्चारण गर्नुपर्दछ ।

Comments

Popular posts from this blog

ब्रह्मज्ञान माला,श्री आदि शंकराचार्य द्वारा रचित //Brahmagyanmala Adi Shankaracharya//

स्कन्दपुराणकाे हिमवत्खण्ड अन्तर्गत नेपाल महिमा (Glory of Nepal in Himavatkhanda, Skandapurana )

नुवाकाेट देविघाटमा अवस्थित भैरवतीर्थ र भैरवेश्वर शिवलिङ्गको महिमा (स्कन्दपुराणकाे हिमवत् खण्डअन्तर्गत अध्याय ११५ )

संस्कृत अक्षर उत्पति / महेश्वर सुत्र/शिव सुत्र/ Origin of Sanskrit Letters/ Maheshwor Sutra/Shiva Sutra