मुण्डकोपनिषद् , खण्ड : १ (Mundakopanishad Part 1 )
ॐ तत्सद्ब्रह्मणे नमः
मुण्डकोपनिषद्
भावाभावपदातीतं भावाभावात्मकं च यत्।
तद् वन्दे भावनातीतं स्वात्मभूतं परं महः॥
शान्तिपाठ
ॐ भद्रं कर्णेभिः शृणुयाम देवा भद्रं पश्येमाक्षभिर्यजत्राः।
स्थिरैरङ्गैस्तुष्टुवाँ् सस्तनूभिर्व्यशेमहि देवहितं यदायुः॥
ॐ शान्तिः! शान्तिः!! शान्तिः!!!
हे देवगण! हामि कानहरूबाट कल्याणमय वचन सुनाैं; यज्ञकर्ममा समर्थ भइ नेत्रहरूबाट शुभ दर्शन गर्न सकाैं । स्थिर अङ्ग र शरीरद्वारा स्तुति गर्ने हामि देवताकाे लागि हितकर आयुकाे भाेग गर्न सकाैं ।
त्रिविध तापकी शान्ति होवस्।
स्वस्ति न इन्द्रो वृद्धश्रवाः स्वस्ति नः पूषा विश्ववेदाः।
स्वस्ति नस्तार्क्ष्यो अरिष्टनेमिः स्वस्ति नो बृहस्पतिर्दधातु॥
ॐ शान्तिः! शान्तिः!! शान्तिः!!!
महान् कीर्तिमान् इन्द्रले हाम्राे कल्याण गरून् , परम ज्ञानवान् [अथवा परम धनवान्] पूषा हाम्राे कल्याण गरून्, अरिष्टोंकाे (नाशकाे)लागि चक्ररूप गरुड़ हाम्राे कल्याण गरून् तथा बृहस्पतिले हाम्राे कल्याण गरून्। त्रिविध तापकी शान्ति होवस्।
खण्ड १
आचार्यपरम्परा
ॐ ब्रह्मा देवानां प्रथमः सम्बभूव
विश्वस्य कर्ता भुवनस्य गोप्ता।
स ब्रह्मविद्यां सर्वविद्याप्रतिष्ठा-
मथर्वाय ज्येष्ठपुत्राय प्राह॥१॥
सम्पूर्ण देवतामा पहिला ब्रह्मा उत्पन्न भए। उनि विश्वका रचयिता र त्रिभुवनका रक्षक थिए। उनले उनकाे जेठाे पुत्र अथर्वाको समस्त विद्याकाे आश्रयभूत ब्रह्मविद्याकाे उपदेश दिए॥१॥
अथर्वणे यां प्रवदेत ब्रह्मा-
थर्वा तां पुरोवाचाङ्गिरे ब्रह्मविद्याम्।
स भारद्वाजाय सत्यवहाय प्राह
भारद्वाजोऽङ्गिरसे परावराम्॥२॥
अथर्वालाइ ब्रह्मानले जुन उपदेश दिएका थिए त्याे ब्रह्मविद्या पूर्वकालमा अथर्वाले अङ्गीलाइ सिकाए। अङ्गीले भरद्वाजकाे पुत्र सत्यवहलाइ सिकाए तथा भरद्वाजपुत्र (सत्यवह)-ले यसरी श्रेष्ठसबाट कनिष्ठमा प्राप्त त्याे विद्या अङ्गिरालाइ सिकाए ॥२॥
शौनककी गुरूपसत्ति र प्रश्न
शौनको ह वै महाशालोऽङ्गिरसं विधिवदुपसन्नः पप्रच्छ।
कस्मिन्नु भगवो विज्ञाते सर्वमिदं विज्ञातं भवतीति॥३॥
शौनक नामकाे प्रसिद्ध महागृहस्थले अङ्गिराकाे नजिक विधिपूर्वक गएर साेधे -'भगवन् ! के जानिसकेपछि सबै जान्न सकिन्छ ?॥३॥
अङ्गिराकाे उत्तर-विद्या दुइ प्रकारकाे छ
तस्मै स होवाच। द्वे विद्ये वेदितव्ये इति ह स्म यद्ब्रह्मविदो
वदन्ति परा चैवापरा च॥४॥
उनले भने-'ब्रह्मवेत्ताहरूले भनेका छन् कि दुइ विद्याहरू जान्नयाेग्य छन् -एक परा (परमात्मविद्या ) र दाेस्राे अपरा (धर्म अधर्म काे साधन र त्यसकाे फलसँग सम्बन्ध राख्ने विद्या)॥ ४।।
परा र अपरा विद्याकाे स्वरूप
तत्रापरा ऋग्वेदो यजुर्वेदः सामवेदोऽथर्ववेदः शिक्षा कल्पो
व्याकरणं निरुक्तं छन्दो ज्योतिषमिति। अथ परा यया तदक्षरमधिगम्यते॥५॥
त्यसमा ऋग्वेद, यजुर्वेद, सामवेद, अथर्ववेद, शिक्षा, कल्प, व्याकरण,निरुक्त, छन्द र ज्योतिष-याे अपरा हाे तथा जसबाट त्यस अक्षर परमात्माका ज्ञान हुन्छ त्याे परा हाे॥५॥
परविद्याप्रदर्शन
यत्तदद्रेश्यमग्राह्यमगोत्रमवर्णमचक्षुःश्रोत्रं तदपाणिपादम्।
नित्यं विभुं सर्वगतं सुसूक्ष्मं तदव्ययं यद्भूतयोनिं परिपश्यन्ति धीराः॥६॥
त्याे जुन अदृश्य, अग्राह्य, अगोत्र, अवर्ण और चक्षुःश्रोत्रादिहीन छ, यसैगरी अपाणिपाद(कर्मेन्द्रियविहिन), नित्य, विभु, सर्वगत, अत्यन्त सूक्ष्म र अव्यय छ तथा जो सम्पूर्ण भूतकाे कारण हाे त्यसलाइ विवेकीजन सबतिर देख्दछन्॥६॥
यथोर्णनाभिः सृजते गृह्णते च
यथा पृथिव्यामोषधयः सम्भवन्ति।
यथा सत: पुरुषात्केशलोमानि
तथाक्षरात्सम्भवतीह विश्वम्॥७॥
जसरी माकुराले जाल बनाउँछ र निल्छ जसरी पृथिवीमा अाैषधिहरू उत्पन्न हुन्छ र जसरी सजीव पुरुषबाट केश एवं लोमउत्पन्न हुन्छ त्यसरी नै त्यस अक्षरबाट याे विश्व प्रकट हुन्छ ।
तपसा चीयते ब्रह्म ततोऽन्नमभिजायते।
अन्नात्प्राणो मनः सत्यं लोकाः कर्मसु चामृतम्॥८॥
[ज्ञानरूप] तपकाे द्वारा ब्रह्म उपचय (स्थूलता)-को प्राप्त हुन्छ , उसैबाट अन्न उत्पन्न हुन्छ। अन्नबाट क्रमशः प्राण, मन, सत्य, लोक,कर्म र कर्मबाट अमृतसंज्ञक कर्मफल उत्पन्न हुन्छ ॥८॥
प्रकरणकाे उपसंहार
यः सर्वज्ञः सर्वविद्यस्य ज्ञानमयं तपः।
तस्मादेतद्ब्रह्म नाम रूपमन्नं च जायते॥९॥
जो सबैको [सामान्यरूपमा] जान्नेवाला र सबैकाे विशेषज्ञ छ तथा जसकाे ज्ञानमय तप छ त्यस [अक्षरब्रह्म]-बाट नै याे ब्रह्म (हिरण्यगर्भ),नाम, रूप र अन्न उत्पन्न हुन्छ॥९॥
इत्यथर्ववेदीयमुण्डकोपनिषद्भाष्ये प्रथममुण्डके प्रथमः खण्डः
Comments
Post a Comment