संस्कृत अक्षर उत्पति / महेश्वर सुत्र/शिव सुत्र/ Origin of Sanskrit Letters/ Maheshwor Sutra/Shiva Sutra

महेश्वर सुत्र सबैभन्दा पुरानो ज्ञात संस्कृत वर्णमाला क्रम हाे।संस्कृत वर्णमालाकाे उत्पत्ति महेश्वरसुत्रबाट भएकाे हो ।संस्कृत भाषा जसलाई पुराणहरूमा भगवानको भाषा भनेर भनिएकाे छ,त्याे भगवान शिवकाे डमरूको ध्वनिबाट उत्पति भएकाे थियो। डमरू एक वाद्य यन्त्र हाे,जसले भगवान शिवको हात सुशोभित गर्दछ।

शिवले ब्रह्माण्डिक नृत्य पछि,ब्रह्माण्ड सृजना गर्दा आफ्नो डमरुको आवाज निकाल्नुभयो।यी आवाजहरूले ब्रह्माण्डलाई सिर्जना,नियन्त्रित र नष्ट गर्ने शक्ति राख्दछ। साे ध्वनि ब्रह्माण्डको सृजनात्मक शक्तिको रूपमा उल्लेख गरिएको छ। शिव सूत्रमा १४ वटा पदहरू छन् जसले संस्कृतको ध्वनिहरू संगठित गर्दछ। याे संस्कृत व्याकरणको मूल पाठ,पाणिनिकाे अष्टाध्ययीमा उल्लेख छ। पाणिनीको अष्टाध्यायीको एउटा प्रख्यात पदले भन्छ कि पाणिनी व्याकरणमा भगवान शिवकाे कृपा छ। यसैले पहिलो ज्ञात संगठित ध्वनिहरू महेश्वर सुत्रका रूपमा परिचित छन् । महेश्वर भगवान शिवको अर्को नाम हाे। पाणिनीको अष्टाध्यायीको पदले भन्दछः


नृत्तावसाने
 नटराज राजो

ननाद ढक्कां नवपञ्चवारम्।

उद्धर्त्तुकामः  सनकादिसिद्धान्

एतद्विमर्शे शिवसूत्रजालम्।।

शिव, नृत्यका प्रभुले ब्रह्माण्डिक नाचको अन्त्यमा, षि सनकादिलाइ आशीर्वाद दिनाको दृष्टिकोणले,उहाँको डमरु चौध पटक बजाउनुभयाे ,जसबाट चौधो सुत्र उदय भयो, जुन शिव सूत्रहरू वा महेश्वर सुत्रका नामले चर्चित छ ।

ती शिवसुत्र काे नामले परिचित छन् किनकि यी सुत्र शिवले पाणिनिलाई प्रकट गरेका थिए

 

ण् ।।१।।

  क् ।।२।।

  ङ् ।।३।।

  च् ।।४।।

  ट् ।।५।।

  ण् ।।६।।

  म् ।।७।।

  ञ् ।।८।।

  ष् ।।९।।

  श् ।।१०।।

  व् ।।११।।

  य् ।।१२।।

  र् ।।१३।।

  ल् ।।१४।।

 




 

 

Comments

Popular posts from this blog

ईशावास्योपनिषद् / शुक्लयजुर्वेदकाे ४० अैां अध्याय ( Ishavashyopanishad / 40 th chapter of Shuklayajurveda. )

ब्रह्मज्ञान माला,श्री आदि शंकराचार्य द्वारा रचित //Brahmagyanmala Adi Shankaracharya//

स्कन्दपुराणकाे हिमवत्खण्ड अन्तर्गत नेपाल महिमा (Glory of Nepal in Himavatkhanda, Skandapurana )

नुवाकाेट देविघाटमा अवस्थित भैरवतीर्थ र भैरवेश्वर शिवलिङ्गको महिमा (स्कन्दपुराणकाे हिमवत् खण्डअन्तर्गत अध्याय ११५ )