स्कन्दपुराणकाे हिमवत्खण्ड अन्तर्गत नेपाल महिमा (Glory of Nepal in Himavatkhanda, Skandapurana )
स्कन्दपुराणकाे हिमवत्खण्ड अन्तर्गत नेपाल महिमा , जुन भारतबाट प्रकाशित स्कन्दपुराणबाट लुप्त पारिएकाे छ जसबाट नेपालकाे धार्मिक महत्व गुमनाम भएकाे छ । जसलाइ याेगि नरहरिनाथले खाेज गरी प्रकाशमा ल्याउनुभएकाे हाे । नेपाल नाम पाैराणिक काल देखि नै उल्लेख भएकाे पाइन्छ ।
ये यत्र कुत्रापि च जन्तवः स्युः ज्ञानैश्च धर्मैरपि वर्जितास्ते ।
नैपालकेऽङ्गानि परि त्यजन्ति शैवं महाधाम सुखेन यान्ति ॥९०॥
अर्थात्
जो कोही ठाउँमा जन्मेका र धर्म नभएका व्यक्तिहरू पनि यदि नेपालमा आएर शरीर त्याग गर्छन् भने तिनीहरू अवश्य पनि शैवपदमा पुग्छन् ।
विभिन्न किसिमका पापलाई हरण गर्ने नदीहरूले गर्दा त्यो क्षेत्र विराजमान भएको छ। यहाँका जति पनि प्राणीहरू छन्, ती चाहे पशुरूपमा होऊन् या पक्षीरूपमा, ती सबै सेवा गर्न योग्य छन् । महापद्म आकार भएको त्यस नेपाल क्षेत्रमा नजानीकन पनि जसले प्राण त्याग गर्छन्, ती व्यक्ति स्वर्गमा जान्छन्, यसमा सन्देह छैन । अत्यन्त पुण्यक्षेत्र यो नेपाल धन्य छ ।।७७- ७९।।
यसबाट नै नेपाल देशकाे पावनता , महत्व कहिलेदेखि र कस्ताे थियाे भन्ने स्पष्ट हुन्छ।
सप्ततितमोऽध्यायः
नेपालमहिमा
स्कन्द उवाच ः
गण्डकी कौशिकी चैव तयोर्मध्ये वरस्थलम्।
नीलकण्ठतटे पूर्त तयोः पुनस्तथाविधम् ॥१॥
नेपाल इति विख्यातं देवक्षेत्रं सुखप्रदम् ।
ज्ञेयमगस्त्य तत्क्षेत्रं हिमवत्सानुसुन्दरम् ॥२॥
पर्वतस्य च माहात्म्यं तीर्थस्य च विशेषतः।
श्रूयतामभिधास्यामि पुराणं पुण्यविस्तरम् ॥३॥
कार्तिक स्वामीले भन्नुभयो – गण्डकी र कौशिकीको बीचमा नीलकण्ठको तटमा सबैलाई सुख दिने प्रसिद्ध
नेपाल नाम गरेको देवताहरूको क्षेत्र छ। यो हिमालयको सुन्दर शिखर हो । हेअगस्त्य मुनि ! त्यसभित्रका पर्वतको र विशेष गरी पुराना पुण्यतीर्थको के महत्त्व छ ? बताउँछु, सुन्नुहोस् ।
नेपाल नाम गरेको देवताहरूको क्षेत्र छ। यो हिमालयको सुन्दर शिखर हो । हेअगस्त्य मुनि ! त्यसभित्रका पर्वतको र विशेष गरी पुराना पुण्यतीर्थको के महत्त्व छ ? बताउँछु, सुन्नुहोस् ।
ब्रह्मणो वरदानेन सदारो देवपूजनात् ।
अपत्यानां शतं लेभे हिमवानचलाधिपः ॥४॥
उशीरवीजशैलेश ओच्छत्रकस्तथापरः।
उज्जयन्तश्च कासुन्दश्चित्रहदश्च सुहृदः ॥५॥
केतुमान् मणिमान् गोमान् काश्मीरश्चैव धेनुमान् ।
सुनाभश्चक्रनाभश्च व्याघ्रवान् पुष्पकस्तथा ॥६॥
वैतरणः सुनेमिश्च श्यामाको वृषभस्तथा।
चक्रो द्रोणश्च काकन्दः ककुदः स्कन्द एव च ॥७॥
कुञ्जश्चैव निकुञ्जश्च मुकुन्दः खण्डवस्तथा।
शिवकूटः सुवेलश्च पारिपात्रस्तथापरः ॥८॥
मृगेन्द्राद्रिस्तथा श्रेष्ठो मुञ्जवानचलाधिपः।
सिद्धाश्रमश्च दोलाद्रिः मणिधातुश्तथापरः ॥९॥
चन्द्रवान् पुण्यवाँश्चैव कालाद्रिः ऋष्यवांस्तथा।
सर्वोषधिर्विशालाद्रिस्तथा चन्दनपर्वतः ॥१०॥
मेनका सहित भएर देवताको पूजा गरेको हुनाले ब्रह्माबाट वर प्राप्त गरि पर्वत हिमालयले सय सन्तान पैदा
गरे। उशीरबीज, ओच्छत्रक, उज्जयन्त, कासुन्द, चित्रहद, सुहद, केतुमान, मणिमान्, गोमान्, कामीर,धेनुमान, सुनाभ,चक्रनाभ, व्याघ्रवान्, पुष्पक, वैतरण, सुनेमि, श्यामाक, वृषभ, चक्र, द्रोण, काकन्द, ककुद, स्कन्द, कुञ्ज-निकुञ्ज,मुकुन्द, खण्डव, शिवकूट सुवेल, पारिमात्र, मृगेन्द्र, श्रेष्ठ पर्वतराज मुजवान, सिद्धाश्रम, दोलाद्रि, मणिधातु,चन्द्रवान, पुण्यवान्, कालाद्रि, ऋष्यवान्, सर्वोषधि, विशालाद्रि, चन्दन पर्वत आदि छन् ।
स्वर्गसोपानशैलेन्द्रः शक्रमार्ग इति श्रुतः।
उशीरबीजशैलस्य दक्षिणेस विराजते ॥११॥
मध्ये सर्वगरिष्ठानामेतेषां क्ष्माभृतां मुने।
पाशुपतं महाक्षेत्रं सन्ततं प्रविराजते ॥१२॥
एतैः सार्धं भृशं भूयः सततं हि घटोद्भव।
क्षेत्र नेपालकं पुण्यं तीथैर्लिङ्गैस्तथामरैः ॥१३॥
आदिलिङ्ग स्थितं यत्र कौशिक्याश्च तटोत्तमे।
कुशेश्वर इति ख्यातं तन्नेपालो विराजते ॥१४॥
भीमेश्वरो हि यत्रास्ते भीमसेनसदार्चितः।
कौशिक्याः सङ्गमे तीरे देवतीर्थाह्वयेऽनिशम् ॥१५॥
शैलराज स्वर्ग सोपान शक्रमार्गका नामले प्रसिद्ध यो उशीरबीज पर्वतको दक्षिणमा छ। हे अगस्त्य मुनि ! यी पर्वतहरूमा बीचमा पाशुपत महाक्षेत्र रहेको छ। उनीहरूका साथ तीर्थहरू, लिङ्गहरू, देवताहरूका साथै
नेपालक्षेत्र सधैं अत्यन्त सुशोभित रहेको छ। कोशीको उत्तम तीरमा आदिलिङ्ग रहेको छ। नेपालमा रहेको त्यो
तीर्थ कुशेश्वर नामले प्रसिद्ध छ। देवतीर्थ र कोशी नदीको सङ्गममा भीमसेनले पूजा गरेका भीमेश्वर महादेव
हुनुहुन्छ ।
भीमतीर्थञ्च यत्रास्ते कौशिक्याः सङ्गमे शुभे।
भीमसेनश्च तत्रास्ते स नेपालो हि भासते ॥१६॥
काफीश्वराभिधं लिङ्ग गणैः सार्द्ध विराजते।
सन्ततं चैव यत्राऽऽस्ते स नेपालो' विराजते ॥१७॥
कश्यपेशो हि यत्राऽसौ विराजते हि सन्ततम् ।
महाहदान्तरे विप्र ऋषिभिः सेवितोऽनिशम् ॥१८॥
स्फटिकेशो हि यत्रास्ते शिलोच्चये गणैः समम् ।
गन्धर्वैः पूजितो नित्यं स नेपालो' विराजते ॥१९॥
चण्डेश्वरो महोग्रास्यश्चण्डिकायाः समं स्थितः।
लोकवाञ्छाकरो यत्र स नेपालो हि भासते ।।२०।।
कौशिकी नदीको सङ्गममा रहेको कल्याणदायक भीमतीर्थ जहाँ छ, त्यहाँ भीमसेन बस्नुभएको छ। यस्तो
नेपालक्षेत्र अत्यन्त सुशोभित छ। जहाँ काफीश्वर महादेव आफ्ना गणहरूका साथै निरन्तर बस्नुभएको छ,
नेपालक्षेत्र रहेको छ। हे अगस्त्य मुनि ! ठूलो दहभित्र निरन्तर ऋषिले सेवा गरिएका कश्यपेश्वर भगवान् जहाँ सधैं
बस्नुहुन्छ, जुन पर्वतको शिखरमा आफ्ना गणहरूका साथ गन्धर्वले पूजित भएर स्फटिकेश्वर महादेव रहनुभएको छ, यस्तोदेवताहरूको उपस्थितका कारण नेपाल अत्यन्त सुशोभित छ। ठूलो र डरलाग्दो मुख भएका सबै मानिसहरूको इच्छा पूर्ण गर्ने चण्डेश्वर भगवान् चण्डिकाका साथ जहाँ रहनुभएको छ, यो नेपाल क्षेत्र अत्यन्त सुशोभित
छ ।
धनेश्वरः स्थितो यत्र चतुःषष्टिगणैः समम्।
भक्ताय वसुदः पूर्णः स नेपालो विराजते ॥२१॥
विकटेशमहालिङ्ग सुरलोकैः प्रसेवितम् ।
रुद्रगणैः समं नित्यं यत्र विराजते भृशम् ॥२२॥
इन्द्रेश्वरमहालिङ्गमिन्द्रेप्सितफलप्रदम् ।
रुद्राण्या सहितं यत्र स नेपालो हि राजते ॥२३॥
तिलेश्वरः स्थितो यत्र प्रमथैरमरैः समम् ।
गङ्गया च सरस्वत्या स नेपालो हि राजते ॥२४॥
चम्पकेशो हि यत्रास्ते सर्वदेवैः समं सदा।
भक्तानां वरदो देवः स नेपालो विराजते ॥२५॥
रामेश्वरः स्थितो यत्र प्रभातीर्थोत्तमोत्तमे।
अत्यन्तमर्चितो लोकैः११ स नेपालो विराजते ॥२६॥
नटारम्भेश्वरो यत्र गिरिकूटे समं गणैः ।
गन्धर्वैश्चाऽप्सरोभिश्च स नेपालो हि राजते ॥२७॥
कालेश्वरो हि यत्रास्ते देव्याः कालगणैः समम्।
राजते घर्घरातीरे स नेपालो विराजते ॥२८॥
जहाँ चौसठ्ठी गणलाई साथमा लिएर भक्तहरूलाई सम्पत्ति दिने पूर्णावतार धनेश्वर बस्नुभएको छ,
त्यो नेपाल देश अत्यन्त सुशोभित छ । जहाँ देवताहरूद्वारा सेवा गरिएका विकटेश्वर महालिङ्ग रुद्रगणका साथ
सधैं विराजमान हुनुहुन्छ, जहाँ इन्द्रको इच्छा पूर्ण गर्ने इन्द्रेश्वर महालिङ्ग रुद्राणीका साथ रहनुभएको छ, त्यो नेपाल देश सुशोभित छ। जहाँ प्रथम आदि गरिएका गण र देवताहरूका साथ तिलेश्वर भगवान् रहनुभएको छ, त्यस्तो गङ्गा र सरस्वती नदीको बीचमा रहेको नेपाल देश सुशोभित छ। जहाँ सबै देवताहरूका साथ भक्तलाई वर दिने चम्पकेश्वर महादेव रहनुभएको छ, त्यस्तो नेपाल देश सुशोभित छ। उत्तम प्रभातीर्थमा दुनियाँले पूजा गरिएका रामेश्वर भगवान छ, त्यो नेपाल देश सुशोभित छ ।जहाँ गन्धर्व र अप्सराका साथ नटारम्भेश्वर भगवान् बस्नुभएको छ, त्यो नेपाल देश सुशोभित छ । जहाँ घर्घरानदीको तीरमा देवी र कालका गणहरूका साथ भगवान् कालेश्वर रहनुभएको छ, त्यो नेपाल अत्यन्त विराजमान छ ।
उद्दालकेश्वरो यत्र सर्वर्षिभिश्च सेवितः।
भक्तानां वरदो नित्यं स नेपालो विराजते ॥२९॥
गोपालेशः स्थितो यत्र प्रमथैश्च सुरैः समम्।
देवीदेवार्चितो नित्यं स नेपालो विराजते ॥३०॥
चम्पेश्वरो हि यत्रास्ते स नेपालो विराजते।
उन्मत्तेशो हि यत्रास्ते स नेपालो विराजते ॥३१॥
नन्दिकेश्वर आस्ते च देवसिद्धर्षिसेवितः ।
राजते सह भैरव्या स नेपालो हि राजते ॥३२॥
गोखुरेश्वर आस्ते वै गवां तीर्थतटेऽनिशम्।
प्रमथैः सेवितो भक्त्या स नेपालो हि भासते ॥३॥
पाण्डवेशमहालिङ्ग देवैः सिद्धैः प्रसेवितम् ।
भवान्या सहितं यत्र स नेपालो हि भासते ॥३४॥
जहाँ सम्पूर्ण ऋषिहरूले सेवा गरिएका भक्तलाई वर दिने उद्दालकेश्वर भगवान् रहनुभएको छ, त्यो नेपाल
क्षेत्र अत्यन्त सुशोभित छ। जहाँ देवताद्वारा सेवा गरिएका गोपालेश्वर भगवान् देवी, प्रमथगण र देवताहरूका साथ
सधैं बस्नुहुन्छ, त्यो नेपाल विराजमान छ। जहाँ चम्पेश्वर भगवान् बस्नुभएको छ, त्यो नेपाल सुशोभित छ। जहाँ
उन्मत्तेश्वर भगवान् रहनुभएको छ, त्यो नेपाल विराजमान छ। जहाँ देवता, सिद्ध र ऋषिहरूद्वारा सुसेवित नन्दिकेश्वर भगवान् भैरवीका साथ बस्नुभएको छ, त्यो नेपाल सुहाएको छ। जहाँ श्रेष्ठ गोतीर्थका तटमा प्रमथगणद्वारा भक्तिपूर्वक सेवित भएर गोखुरेश्वर महादेव बस्नुभएको छ, त्यो नेपाल विराजमान छ। जहाँ देवता र सिद्धद्वारा सेवित पाण्डवेश्वर महालिङ्ग भवानीका साथ रहनुभएको छ, त्यो नेपाल विराजमान छ ।
कूटेश्वरो महारुद्रो यत्रास्ते ऋषिभिः सह।
राक्षसैः पूजितो नित्यं स नेपालोऽभिभासते ॥३५॥
असितेशो हि यत्राऽस्ते वनस्पतिसमर्चितः ।
क्ष्माभृतो गह्वरे रम्ये स नेपालो हि भासते ॥३६॥
भैरवेशो हि यत्रास्ते संहृत्य सकलान् क्षितौ।
धर्मधारातटे तोये स नेपालो हि भासते ॥३७॥
ब्रह्मेश्वरो हि यत्रास्ते देवैश्च प्रमथैः समम् ।
वनस्पतिगणैर्नित्यं सेव्यते सततं मुदा ॥३८॥
शतरुद्रेश्वरो यत्र यक्षगन्धर्वकिन्नरैः।
सेवितो वरदस्तेषां स नेपालो विराजते ॥३९॥
जहाँ राक्षसद्वारा पूजित कूटेश्वर भगवान् ऋषिका साथ बस्नुभएको छ, त्यो नेपाल विराजमान छ। जहाँ
पहाडको सुन्दर गुफाभित्र वनस्पतिहरूद्वारा सुसज्जित असितेश्वर महादेव बस्नुभएको छ, त्यो नेपाल विराजमान छ।जहाँ पृथ्वीका सम्पूर्ण प्राणीहरूलाई संहार गरेर धर्मधारा नदीको तटमा जलभित्र भैरवेश्वर महादेव रहनुभएको छ, त्यो नेपाल विराजमान छ ।
रहनुहुन्छ, जहाँ (शिवपुरीमा) यक्ष, गन्धर्व र किन्नरहरूद्वारा सुसेवित तिनीहरूलाई वर दिने शतरुद्रेश्वर महादेव
नेपाल विराजमान छ। जहाँ देवता र प्रमथगणहरूका साथ वनस्पतिद्वारा सुसेवित ब्रह्मेश्वर महादेव सधैं आनन्दपूर्वक रहनुभएको छ, त्यो नेपाल विराजमान छ ।
कार्तिकेयेश्वरो यत्र सुन्दर्यद्रिसुशेखरे।
किरातैः सेवितो नित्यं स नेपालो विराजते ॥४०॥
काकेश्वरो हि यत्रास्ते भृगुतीर्थस्य कन्दरे।
सुन्दर्या सहितो रुद्रः स नेपालो हि भासते ॥४१॥
मणिचूडेश्वरो यत्र मणिपर्वतमस्तके ।
गन्धर्वैः सेवितो नित्यं स नेपालो विराजते ॥४२॥
जुन सुन्दर पहाडको शिखरमा किरातद्वारा सुसेवित भएर कार्तिकेयश्वर महादेव रहनुभएको छ त्यो नेपाल
विराजमान छ। जहाँ भृगुतीर्थका गुफामा सुन्दरीहरूका साथ काकेश्वर महादेव रहनुभएको छ त्यो नेपाल विराजमान छ। जहाँ मणिपर्वतमाथि गन्धर्वद्वारा सेवित मणिचूडेश्वर भगवान् निरन्तर वास गर्नुहुन्छ त्यो नेपाल विराजमान छ।
योगेश्वरमहालिङ्ग यत्रास्ते प्रमथैः सह ।
योगिन्या योगदं नित्यं स नेपालो विराजते ॥४३॥
नारायणेश्वरो यत्र यक्षैः प्रसेवितोऽनिशम्।
जलान्तरस्थितो गूढः स नेपालो विराजते ॥४४॥
ज्योतिर्लिङ्गेश्वरो यत्र योगतीर्थान्तिके सदा।
देवैः प्रसेवितो नित्यं स नेपालो विराजते ॥४५॥
वागीश्वरो हि यत्रास्ते चित्रहदादधःस्थितः ।
ऋषिभिः सेवितो नित्यं स नेपालो विराजते।
कीलेश्वरमहालिङ्गी यत्रास्ते प्रमथैः समम्।
गिरेस्तम्भो ह्यभूत्पूर्वं स नेपालो हि राजते ॥४६||
जहाँ योगको सिद्धि दिने योगेश्वर महालिङ्ग प्रमथगण, योगिनीका साथ सधैं रहनुहुन्छ, त्यो नेपाल सुशोभित
छ। जहाँ यक्षहरूले सुसेवित नारायणेश्वर महादेव जलभित्र लुकेर रहनुभएको छ, त्यो नेपाल विराजमान छ।
योगतीर्थका नजिकै देवताहरूद्वारा सुसेवित ज्योतिर्लिङ्गेश्वर भगवान् जहाँ सधैं रहनुहुन्छ, त्यो नेपाल विराजमान
छ। जहाँ चित्रहद नामका तलाउको तल्लो भागमा ऋषिहरूले सेवा गरिएका वागीश्वर महादेव रहनुभएको छ, त्या
नेपाल विराजमान छ। जहाँ प्रमथगणका साथ कीलेश्वर महालिङ्ग रहेको छ, जुन पर्वतमा स्तम्भ रूपमा आविर्भाव
भएको थियो, त्यो नेपाल विराजमान छ।
वाल्मीकेशो हि यत्रास्ते लोकानां वरदोऽनिशम् ।
वीरभद्रमहातीर्थेस नेपालो विराजते ॥४७॥
मङ्गलेशो हि यत्रास्ते यत्रैव विमलेश्वरः।
गणैः सार्द्ध सदाकालं स नेपालो विराजते ॥४८||
अनन्तेशो हि यत्रास्ते ऋष्याश्रमान्तिके क्षितौ।
सेवित ऋषिभिः सार्द्ध स नेपालो विराजते ॥४९॥
विश्वरूपेश्वरो यत्र स नेपालो हि भासते।
सोमेश्वरः स्थितो यत्र स नेपालो विराजते ॥५०||
गोभराटेश्वरो यत्र गुह्यकैः सेवितोऽनिशम्।
भक्तानां वरदो नित्यं स नेपालो विराजते ॥५१।।
भृङ्गेश्वरो हि यत्रास्ते प्रमथैश्च समं सदा।
देवैः प्रसेवितो नित्यं स नेपालो विराजते ॥५२।।
जुन वीरभद्र महातीर्थमा दुनियाँलाई वर दिने वाल्मीकेश्वर भगवान् सधै रहनुहुन्छ, त्यस्तो नेपाल अत्यन्त
त्यो नेपाल विराजमान छ। जहाँ मङ्गलेश्वर भगवान् र विमलेश्वर भगवान् आफ्ना गणहरूका साथ सधै बस्नुहुन्छ, त्यो नेपाल नेपाल विराजमान छ।जहाँ ऋषिहरूको आश्रमको नजिकै ऋषिद्वारा सेवित अनन्तेश्वर भगवान् ऋषिहरूका साथ बस्नुहुन्छ,त्यो नेपाल विराजमानछ।
जहाँ विश्वरूपेश्वर भगवान् बस्नुभएको छ, त्यो नेपाल विराजमान छ। जहाँ सोमेश्वर भगवान् बस्नुभएको छ, त्यो नेपाल सुशोभित छ। जहाँ यक्षहरूद्वारा सेवित भक्तलाई वर दिने गोभराटेश्वर महादेव सधै बस्नुहुन्छ, त्यो नेपाल विराजमानछ।
त्रिलिङ्गेश्वरो हि यत्रास्ते सरुद्रार्यागुहात्मकः।
भक्तानां वरदो देवः स नेपालो हि भासते ॥५३।।
कुपितेशो हि यत्रास्ते कात्यायन्या समं सदा।
लोकभीतिकरोऽत्यन्तं स नेपालो हि भासते ॥५४||
सर्वेश्वरमहालिङ्ग यत्रास्ते प्रमथैः सह।
लम्बोदरेण वै गौर्या स नेपालो हि भासते ॥५५।।
गोलोकेशमहालिङ्ग रुद्रतीर्थतटोत्तमे।
विराजते सदाकालं स नेपालो हि राजते ॥५६।।
जहाँ देवताहरूद्वारा सेवा गरिएका भृङ्गेश्वर महादेव प्रमथगणका साथ सधै बस्नुहुन्छ, त्यो नेपाल विराजमान छ, । जहाँ कार्तिक स्वामीलाई लिएर बस्नुभएकी रुद्राणीका साथ भक्तलाई वर दिन त्रिलिजेश्वर महादेव रहनुभएको छ त्यो नेपाल अत्यन्त सुशोभित छ। जहाँ संसारलाई भय पैदा गर्ने कुपितेश्वर भगवान् कात्यायनीका साथ सधै रहनुहुन्छ, त्यो नेपाल सुशोभित छ। जहाँ गणेशलाई लिएकी गौरीसँग सर्वेश्वर महालिङ्ग प्रमथगणहरूले सहित भएरनिरन्तर बस्नुहुन्छ, त्यो नेपाल विराजमान छ।
सच्चन्दनभराटेशो भासते प्रमथैः सह।
चन्दनाद्रिनितम्बे हि देवासुरेप्सितप्रदः ॥५७।।
यक्षेश्वरो हि यत्रास्ते यक्षलोकस्पृहाप्रदः।
यक्षतीर्थान्तिके शश्वदुशीरबीजशेखरे॥५॥
चण्डिकेशमहादेव सदा चण्डिकया समम् ।
यत्र विराजते देवो विष्णुपद्यास्तटे शुभे ॥५९।।
धर्मेश्वरमहालिङ्ग धर्मेणाराधितं सदा ।
पाशुपते महाक्षेत्रे स नेपालो विराजते ॥६०॥
गोकर्णेशमहालिङ्ग चन्द्रभागातटोत्तमे।
राजते पितृभिर्नित्यं देवर्षिभिः प्रसेवितम् ॥६१॥
जहाँ रुद्रतीर्थको उत्तम तटमा गोलोकेश्वर महालिङ्ग सधैं विराजमान हुनुहुन्छ, त्यस्तो नेपाल सुशोभित छ। त्यसै
देशमा चन्दन पर्वतको तल्लो भागमा देवता र राक्षसको इच्छा पूर्ण गरिदिने सच्चन्दनभराटेश्वर महादेव प्रमथगणहरूका साथ विराजमान हुनुभएको छ। त्यहाँ यक्षतीर्थकोनजिकै उशीरबीज पर्वतको टाकुरामा यक्षहरूलाई वाञ्छित फलदिने यक्षेश्वर महादेव रहनुभएको छ । त्यसै देशमा विष्णुपदी नदीको कल्याणमय तटमा चण्डिकेश्वर महादेवको लिङ्ग चण्डिकाका साथासधैं विराजमान हुन्छ । पाशुपत महाक्षेत्रमा धर्मद्वारा सेवित महालिङ्ग रूप शिव रहनुभएको छ, त्यो नेपाल सुशोभित छ।
कोटीश्वरो गणैः सार्द्ध रुद्रधारातटे बभौ ।
यत्र शङ्खस्तपस्तेपे रक्षोवर्गफलप्रदः ॥६२॥
बाणेश्वरो बभौ यत्र क्षेत्रे पाशुपतोत्तमे।
ज्ञानेश्वरमहालिङ्ग नन्दीसारोत्तमे शुभे ॥६३॥
पाशुपते महाक्षेत्रे शैलेश्वरो विराजते।
हिमवताऽनिशं भक्त्या मुदेप्सया प्रसेवितः ॥६४॥
चन्द्रभागा नदीको उत्तम तटमा पितृहरू र देवर्षिहरूले सधैं सेवा गरिएका भगवान् गोकर्णेश्वर महालिङ्गका
रूपमा विराजमान हुनुहुन्छ। रुद्रधारा नदीको तटमा चारै पुरुषार्थको फल दिने कोटेश्वर भगवान् आफ्ना गणहरूका साथ रहनुभएको छ । कुनै समयमा त्यहाँ आएर शङ्खासुरले तपस्या गरेको थियो । उत्तम पाशुपतक्षेत्रमा बाणेश्वर भगवान् विराजमान हुनुभएको छ। त्यस्तै नन्दीसार भन्ने उत्तम शिवक्षेत्रमा ज्ञानेश्वरको महालिङ्ग छ।
जलप्रवाहसाम्मुख्ये वाग्वत्या राजतेऽनिशम् ।
जलेश्वरमहालिङ्ग रुद्रेण स्थापितं स्वयम् ॥६५॥
गुह्येश्वरमहालिङ्ग सर्वलोकेप्सितप्रदम्।
राजते प्रमथैः सार्धं स नेपालो हि राजते ॥६६॥
किरातेशो हि यत्रास्ते वाग्वत्याः पूर्वतस्तटे।
सिद्धाचले महारण्ये स नेपालो विराजते ॥६॥
ज्योतिरूपेश्वरो यत्र पशुरूपाश्रिते शिवे।
भस्मभिधूलिभिः स्नातो भस्मेश्वरो विराजते ॥६८॥
धन्यं पाशुपतं क्षेत्रं राजते भुवनेश्वरः।
यत्रास्ते प्रमथैः सार्द्ध स रुद्रमन्दिरेश्वरः ॥६९॥
यत्र विभासतेऽजनं प्रदीपैर्मन्दिरेश्वरः।
भ्राजन्ते यत्र लिङ्गानि स्थापितानि च निजरैः ॥७०॥
उत्तम पाशुपतक्षेत्रमा हिमालयको भक्ति, प्रीति र इच्छाले सधैं सुसेवित शैलेश्वर महादेव विराजमान हुनुभएको छ, वाग्मतीको प्रवाहमा स्वयम् रुद्रले स्थापना गर्नुभएको जलेश्वरको महालिङ्ग सधैं विराजमान भएर रहेको छ। प्राणीहरूको इच्छा पूर्ण गर्ने गुह्येश्वर महालिङ्ग प्रमथ आदि गणका साथ सुशोभित छ, त्यो नेपाल विराजमान छ। जहाँ बागमति काे पुर्वपट्टि सिद्दाचलकाे जंगलमा किरातेश्वर महादेव हुनुहुन्छ त्यो नेपाल विराजमान छ। जहाँ शिवजी पशुरूप लिएर बस्नुभएको थियो, त्यस स्थलमा ज्योतिरूपेश्वर भगवान् हुनुहुन्छ, भस्म र धूलाले स्नान गर्ने भस्मेश्वर भगवान् त्यही हुनुहुन्छ। जहाँ भुवनका मालिक रुद्रमन्दिरेश्वर भगवान् प्रमथगणहरूका साथ विराजमान हुनुभएको छ, त्यस्तोपाशुपतक्षेत्र धन्य छ।
स्थापितानि च दिक्पालैस्तदीप्सितप्रदानि च।
नवलिङ्गानि राजन्ते स्थापितानि ग्रहैस्तथा ॥७१॥
सिद्धेश्वरमहालिङ्ग काङ्क्षासिद्धिफलप्रदम् ।
पशुपतीश्वराख्यातं ज्योतिर्लिङ्गद्दड विराजते ॥७२॥
सुरगणैः समं शश्वत् स नेपालो विराजते ।
क्षेत्रर्लिङ्गैः समायुक्तञ्चान्यैर्देवैश्च पीठकैः ॥७३॥
विराजते सदाकालं स्वर्गमोक्षफलप्रदम् ।
धन्यं नैपालक क्षेत्रं लोके कामवरप्रदम् ॥७४॥
राजन्ते यत्र लिङ्गानि कोटीनाञ्च प्रमाणतः।
पुण्यं नैपालकं क्षेत्रं नानातीर्थसमाकुलम् ॥७५॥
पापापहारदक्षाभिः तटिनीभिर्विराजते।
यावन्तो प्राणिनः सन्ति क्षेत्रे नेपालपावने ॥७६॥
त्यहाँ ज्योतिस्वरूप भएर मन्दिरेश्वर भगवान् विराजित हुनुभएको छ, जहाँ देवताहरूले स्थापना गरेका लिङ्गहरू
सुशोभित छन् । त्यस ठाउँमा इच्छा पूर्ण गरिदिने दिक्पाल र ग्रहहरूद्वारा स्थापित नौवय लिङ्गहरू छन् । इच्छा सिद्धि गर्ने सिद्धेश्वर महालिङ्ग र पशुपतीश्वर ज्योतिर्लिङ्ग, देवताहरू, क्षेत्र, अन्य देवता तथा लिङ्गहरू र पीठहरूका साथ जहाँ विराजमान हुनुहुन्छ, त्यो नेपाल अत्यन्त सुशोभित छ। सधैं स्वर्ग तथा मोक्ष दिने, इच्छा लागेको फल दिने सुशोभित नेपालको क्षेत्र धन्य छ। जहाँ करोडौँ लिङ्गहरू छन्, विभिन्न किसिमका तीर्थहरूले युक्त भएको छ, त्यस्तो नेपालको क्षेत्र पुण्यदायक छ।
सेव्यात्मानो हि तावन्तः पशवः पक्षिणोऽपि वा।
प्राणत्यागं करिष्यन्ति येऽज्ञानादपि प्राणिनः ।।७७।।
महापद्मदले तत्र स्वर्ग यान्ति न संशयः।
धन्यं पाशुपत क्षेत्रं महापुण्यतरं वरम् ॥७८॥
साक्षात्पशुपतेर्लिङ्ग यत्र विराजते शुभम् ।
ज्ञानयोगेन यो मर्त्यस्तत्र मुञ्चति विग्रहम् ॥७९॥
विभिन्न किसिमका पापलाई हरण गर्ने नदीहरूले गर्दा त्यो क्षेत्र विराजमान भएको छ। यहाँका जति पनि
प्राणीहरू छन्, ती चाहे पशुरूपमा होऊन् या पक्षीरूपमा, ती सबै सेवा गर्न योग्य छन् । महापद्म आकार भएको त्यस नेपाल क्षेत्रमा नजानीकन पनि जसले प्राण त्याग गर्छन्, ती व्यक्ति स्वर्गमा जान्छन्, यसमा सन्देह छैन । अत्यन्त पुण्यक्षेत्र यो नेपाल धन्य छ।
इह लोकं परित्यज्य शिवलोकं स गच्छति ।
कार्तिके मधुमासे वा स्थाने स्थाने समाव्रजन् ॥८०॥
तेषु तेषु च तीर्थेषु स्नात्वा स्नात्वा सुभक्तितः।
अर्चयन्ति च लिङ्गानि नेपालसम्भवानि च ॥८१॥
जहाँ साक्षात् पशुपतिनाथको लिङ्ग विराजमान छ, जुन मानिस ज्ञानयोगले त्यस पशुपतिको क्षेत्रमा शरीर त्याग गर्छ, त्यो मानिस यो लोक छोडेर शिवलोकमा जान्छ।
कार्तिकमा होस् वा चैत्रमा होस्, ठाउँ-ठाउँमा गएर ती-ती तीर्थहरूमा भक्तिपूर्वक स्नान गरी नेपालमा भएका लिङ्गहरूको एकपटक मात्र भए पनि दर्शन गर्दा जुन फल प्राप्तहुन्छ, त्यो सुन्नुहोस् ।
सकृदेवं कृतस्याये तस्य पुण्यफलं शृणु।
पृथ्वीस्थानां गवां दानात् विप्रेभ्यो यत् फलं भवेत् ।
पृथ्वीस्थदेवमूर्तीना दर्शनात् यत् फलं भवेत् ॥८२॥
सर्वां हि मेदिनीं दत्त्वा सशैलवनकाननाम् ॥८३॥
तावत्कोटिगुणं देवपूजनात् यत्फलं भुवि।
शतक्रत्वादियज्ञानामर्चनानां तथैव च ॥८४॥
यावन्ति सन्ति पुण्यानि कोटिकोटिगुणानि च।
सार्धत्रिकोटितीर्थेषु स्नानात् दानात् तपस्यया ॥८५॥
यावन्ति सन्ति पुण्यानि तेषां कोटिगुणानि च।
तत्फलानां सुखं धीर प्राप्नोति च न संशयः ॥८६॥
प्रयुक्तोऽपि महापापैः सर्वपापानि मोचयन्।
अयुतार्काभयानस्थः परिवारैः समन्वितः ॥८७॥
वन-जङ्गलले युक्त भएको सम्पूर्ण पृथ्वी दान गर्दा जुन फल मिल्छ, पृथ्वीमा जति गाई छन्, ती सबै
ब्राह्मणलाई दान दिँदा जुन पुण्य मिल्छ, पृथ्वीमा जति पनि देवताका मूर्ति छन्, ती सबैको दर्शन गर्नाले जुन पुण्य
मिल्छ, नेपालमा भगवान् पशुपतिको एकपटक पूजा गर्नाले त्योभन्दा करोडौं गुणा बढी फल मिल्छ। शतक्रतु आदि यज्ञ तथा पूजा गर्नाले जति पुण्यफल प्राप्त हुन्छ, साढे तीन करोड महातीर्थमा घुम्दा जति पुण्य उपलब्ध हुन्छ, ती लिङ्गहरूको एकपटक पूजा गर्दा तिनको भन्दा करोडौँ गुणा बढी पुण्य मानिसले पाउँछ, यसमा सन्देह छैन।
कुलकोटिं समुद्धत्य रुद्रलोकं स गच्छति ।
न पुनर्जायते योनौ मरणं नास्ति तस्य च ॥८८॥
सेवमानः सदा रुद्रं यावच्चन्द्ररवी वसेत् ।
महोल्लासो सदानन्दो निर्विकारो महाशिवम् ॥८९॥
महापापी पनि सबै पापबाट मुक्त भएर सूर्यजस्तो चम्कने विमानमा बसी सबै आफ्ना परिवारका साथ
करोडौं कुलको उद्धार गर्दै रुद्रलोकमा जान्छ। फेरि कुनै योनिमा जन्मदैन र मर्दैन पनि। साथै जहाँसम्म सूर्य र चन्द्रमा रहन्छन्, त्यहाँसम्म सबै देवताले नमस्कार गरिएका महाशिव रुद्र भगवान्को सेवा गर्दै अत्यन्त आनन्द, उल्लास र निर्विकार भएर सुखको भोग गर्न पाउनेछ।
महत्सुखं भजेत्तत्र सर्वदेवनमस्कृतम् ।
ये यत्र कुत्रापि च जन्तवः स्युः ज्ञानैश्च धर्मैरपि वर्जितास्ते ।
नैपालकेऽङ्गानि परि त्यजन्ति शैवं महाधाम सुखेन यान्ति ॥९०॥
पिबन्ति कर्णप्रपुटैः सुभक्ता अध्यायमेनं सुधया प्रपूर्णम् ।
आयुर्यशः कीर्तिमलौकिकीन्ते पुत्रं विपङ्काः द्रविणं लभन्ते ॥९१॥
जो कोही ठाउँमा जन्मेका र धर्म नभएका व्यक्तिहरू पनि यदि नेपालमा आएर शरीर त्याग गर्छन् भने
तिनीहरू अवश्य पनि शैवपदमा पुग्छन् । जुन भक्तले यस अध्यायको अमृतरस कर्णपुटद्वारा पान गर्छन्, तिनीहरूले पापमुक्त भएर अनुपम आयु, यश, कीर्ति, धन र पुत्र पाउनेछन् ।
इति श्रीस्कन्दपुराणे हिमवत्खण्डे नेपालमाहात्म्यं नाम सप्ततिमोऽध्यायः
Comments
Post a Comment