Posts

श्रीदुर्गासप्तसती : अथ तन्त्राेक्त देविसूक्तम् .....या देवी सर्वभूतेषु...... (Devishuktam......ya devi sarba bhutesu....)

Image
नमो  देव्यै महादेव्यै शिवायै सततं नमः । नमः प्रकृत्यै भद्रायै नियताः प्रणताः स्म ताम् ।। रौद्रायै नमो नित्यायै गौर्यै धात्र्यै नमो नमः । ज्योत्स्नायै चेन्दुरूपिण्यै सुखायै सततं नमः ॥१०॥ कल्याण्यै प्रणतां वृद्ध्यै सिद्ध्यै कुर्मो नमो नमः । नैर्ऋत्यै भूभृतां लक्ष्यै शर्वाण्यै ते नमो नमः ॥११॥ दुर्गायै दुर्गपारायै सारायै सर्वकारिण्यै ख्यात्यै तथैव कृष्णायै धूम्रायै सततं नमः ॥१२॥ अतिसौम्यातिरौद्रायै नतास्तस्यै नमो नमो जगत्प्रतिष्ठायै देव्यै कृत्यै नमो नमः ॥१३॥ या देवी सर्वभूतेषु विष्णुमायेति शब्दिता ।। नमस्तस्यै॥१४॥ नमस्तस्यै॥१५॥ नमस्तस्यै नमो नमः ॥१६॥   देवीलाइ नमस्कार छ, महादेवी शिवालाइ सर्वदा नमस्कारछ। प्रकृति एवं भद्रालाइ प्रणाम छ। हामि नियमपूर्वक जगदम्बालाइ नमस्कार गर्दछाैं।   ॥ ९॥ रौद्रालाइ नमस्कार छ। नित्या ,  गौरी एवं धात्रीलाइ बारंबार नमस्कार छ। ज्योत्स्नामयी ,  चन्द्ररूपिणी एवं सुखस्वरूपा देवीलाइ सतत प्रणाम छ॥ १० ॥ शरणागत  लाइ कल्याण गरनेवाली वृद्धि एवं सिद्धिरूपा देवीलाइ हामि बारंबार नमस्कार  गर्दछाैं । नैर्ऋती (राक्षसहरूका लक्ष्मी) ,  राजाह...

मुण्डकोपनिषद् , खण्ड : २ (Mundakopanishad Part 2 )

द्वितिय खण्ड कर्मनिरूपण तदेतत्सत्यं मन्त्रेषु कर्माणि कवयो यान्यपश्यंस्तानि त्रेतायां बहुधा सन्ततानि। तान्याचरथ नियतं सत्यकामा एष वः पन्थाः सुकृतस्य लोके ॥१॥ बुद्धिमान् ऋषिहरूले जुन कर्मलाइ मन्त्रमा साक्षात्कार गरेका थिए उही याे सत्य हा्े ,त्रेतायुगमा ति कर्मकाे अनेक प्रकारले विस्तार भयाे। सत्य (कर्मफल)-काे कामना युक्त भएर त्यसकाे नित्य आचरण गर; लोकमा यही तिम्राे लागि सुकृत (कर्मफलकाे प्राप्ति)-काे मार्ग हाे ॥१॥ अग्निहाेत्रकाे वर्णन यदा लेलायते ह्यर्चि समिद्धे हव्यवाहने। तदाज्यभागावन्तरेणाहुती: प्रतिपादयेत्॥२॥ जुन समय अग्नि प्रदीप्त हुन्छ र ज्वाला उठ्न थाल्दछ त्यस समय दुबै आज्यभागकाे* बिचमा [प्रातः र सायंकाल] आहुति हाल्नु॥२॥ यस्याग्निहोत्रमदर्शमपौर्णमास- मचातुर्मास्यमनाग्रयणमतिथिवर्जितं च। अहुतमवैश्वदेवमविधिना हुत- मासप्तमांस्तस्य लोकान्हिनस्ति॥३॥ जसकाे अग्निहोत्र दर्श, पौर्णमास, चातुर्मास्य र आग्रयण-यी, कर्मबाट रहित, अतिथि-पूजनबाट वर्जित, यथासमय गरिने हवन र वैश्वदेव रहित अथवा अविधिपूर्वक हवन गरीएकाे हुन्छ ,त्यसले मानाैं सात पींढ़िकाे नाश गर्दछ॥३॥ अग्निकाे सात जिह्वाहरू काली कराली ...

नुवाकाेट देविघाटमा अवस्थित भैरवतीर्थ र भैरवेश्वर शिवलिङ्गको महिमा (स्कन्दपुराणकाे हिमवत् खण्डअन्तर्गत अध्याय ११५ )

Image
भैरवतीर्थ भैरवेश्वर शिवलिङ्गको महिमा स्कन्दपुराणकाे हिमवत् खण्डअन्तर्गत अध्याय ११५ मा नुवाकाेट जिल्ला देविघाटमा अवस्थित भैरवतीर्थ र भैरवेश्वर शिवलिङ्गको महिमा उल्लेख गरीएकाे छ । ( याे स्थान निलकूटपर्वत मा रहेकाे उल्लेख) जसमा कुमारजिले विरूपाक्ष गण्डकीको सङ्गममा स्नान गरेर गण्डकीकै तटमा रहेको भैरवेश्वर महादेव भएको क्षेत्रमा गएकाे र त्यहाँ दुई नदीको सङ्गममा रहेको भैरवनामक महातीर्थमा स्नान गरेर जलमय महालिङ्गको माघशुक्ल चतुर्दशीका दिन भक्तिपूर्वक पूजा गरी जाग्राम बसेकाे र नेमुनिसित त्यस तीर्थ र लिङ्गको माहात्म्य सोधेकाे उल्लेख छ । विरूपाक्षले साेधे - हे ब्रह्मज्ञ । अब म हजुरबाट जलमय मूर्ति भएका शिवलिङ्गको र यस तीर्थको माहात्म्य सुन्न चाहन्छु । हे प्रभु । यस लिङ्गलाई कसले प्रकाशमा ल्याएको थियो ? यस तीर्थमा स्नान गरेर कसले के फल पायो ? यस लिङ्गको पूजा गरेर को मुक्त भयो ? सबै मलाई बताउनुहोस् । नेमुनिले भन्नुभयो- हे विरूपाक्ष । अघि संवर्तक नाम गरेका रुद्रले भैरवको रूप लिएर सम्पूर्ण प्राणीहरूको संहार गर्नुभएको थियो र पृथ्वीलाई सम्पूर्ण प्राणीहरूले रहित तुल्याएर हिमालयमा बस्नका लागि यहा...