नयाँ जनै लगाउँदा वाचन गरिने मन्त्र ( The Mantra for Changing New Janai. )

 

ॐ  यज्ञोपवीतं परमं पवित्रं, प्रजापतेर्यत्सहजं पुरस्तात् ।   

आयुष्यमग्र्यं प्रतिमुंच शुभ्रं,यज्ञोपवीतं बलमस्तु तेज़: ।।


अर्थ 

यज्ञोपवीत ( काे सूत्र ) अत्यन्त पवित्र छ , ( यत् ) जो ( पुरस्तात् ) आदिकाल देखि ( प्रजापते: सहजं ) प्रजापति अर्थात स्रष्टाकाे साथ जन्मिएकाे हाे ।  जाे  (आयुष्यं ) दीर्घायु  को दिनेवाला,  (अग्र्यं )आगाडि लैजानेवाला  र (प्रतिमुंच ) सांसारिक बंधनबाट छुड़ाउंनेवाला छ । यस्ताे ( यज्ञोपवीतं) यज्ञोपवीतले  ( शुभ्रं ) शुभ्रता अर्थात् चरित्र काे उज्ज्वलता या पवित्रता, ( बलं ) शक्ति ,र ( तेज़ ) तेज  प्रदान गराेस ।अर्थात् यि गुणहरू  प्रदान गरने वालाहोवस।

यज्ञोपवीत (जनै) मानव                                               जीवनमा धेरै महत्त्वपूर्ण छ। सबै संस्कारमा उपनयन संस्कारलाई महत्त्वपूर्ण स्थान दिइन्छ। यज्ञोपवीत तीनवटा धागाेले मानिसहरुलाई उसको तीन ऋणकाे सम्झना गराउँछ। देवऋण,आचार्यऋण र पितृऋण। यो मन्त्र नयाँ  जनै लगाउँदा वाचन गरिन्छ।
यज्ञपवित, यज्ञ र उपवित शब्द मिलेर बनेकाे छ, जसकाे अर्थ यज्ञद्वारा पवित्र गरिएकाेहुन्छ। शास्त्रमा यज्ञपवित संस्कारलाइ ब्राह्मणकाे दाेस्राे जन्म मानिन्छ । र साे पछि मात्र द्विज भनिन्छ ।

Comments

Popular posts from this blog

ईशावास्योपनिषद् / शुक्लयजुर्वेदकाे ४० अैां अध्याय ( Ishavashyopanishad / 40 th chapter of Shuklayajurveda. )

ब्रह्मज्ञान माला,श्री आदि शंकराचार्य द्वारा रचित //Brahmagyanmala Adi Shankaracharya//

स्कन्दपुराणकाे हिमवत्खण्ड अन्तर्गत नेपाल महिमा (Glory of Nepal in Himavatkhanda, Skandapurana )

नुवाकाेट देविघाटमा अवस्थित भैरवतीर्थ र भैरवेश्वर शिवलिङ्गको महिमा (स्कन्दपुराणकाे हिमवत् खण्डअन्तर्गत अध्याय ११५ )

संस्कृत अक्षर उत्पति / महेश्वर सुत्र/शिव सुत्र/ Origin of Sanskrit Letters/ Maheshwor Sutra/Shiva Sutra